गण्डकी, ५ जेठ (०७८) । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । यही वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त गुरुङले यसअघिको सरकारमा सहभागी मन्त्रीलाई नै दोहोर्याउनुभएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र युवा तथा खेलकूदमन्त्री राजीव गुरुङलाई पहिलेकै मन्त्रालयको जिम्मेवारी दिइए पनि रामशरण बस्नेत, नरदेवी पुन र विकास […]
"/> गण्डकी प्रदेशको मन्त्रिपरिषद् विस्तार, पुरानै अनुहार ल्याइए - Line Khabar
Line Khabar
बुधबार, भदौ २६, २०८१ | September 11, 2024
  • होमपेज
  • गण्डकी प्रदेशको मन्त्रिपरिषद् विस्तार, पुरानै अनुहार ल्याइए

गण्डकी प्रदेशको मन्त्रिपरिषद् विस्तार, पुरानै अनुहार ल्याइए

गण्डकी प्रदेशको मन्त्रिपरिषद् विस्तार, पुरानै अनुहार ल्याइए

गण्डकी, ५ जेठ (०७८) । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । यही वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त गुरुङले यसअघिको सरकारमा सहभागी मन्त्रीलाई नै दोहोर्याउनुभएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र युवा तथा खेलकूदमन्त्री राजीव गुरुङलाई पहिलेकै मन्त्रालयको जिम्मेवारी दिइए पनि रामशरण बस्नेत, नरदेवी पुन र विकास लम्सालले भने विनाविभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गर्नुभएको छ ।

युवा तथा खेलकूदमन्त्री गुरुङ काठमाडौँमा हुनुभएका कारण शपथमा सहभागी हुनुभएन । उहाँहरूलाई आजै प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका