हेटौँडा, ६ जेठ (०७८) । वाग्मती प्रदेशबाट खाली भएको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी हुनुभएको छ । उहाँ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेको माधव नेपाल पक्षीय गठबन्धनका उम्मेदवार हुनुहुन्थ्यो । आज भएको मतदानमा डा देवकोटाले पाँच हजार ८८ र नेकपा (एमाले)का रामबहादुर थापा ‘बादल’ले चार हजार १४ मतभार प्राप्त गर्नुभएको […]
"/>हेटौँडा, ६ जेठ (०७८) । वाग्मती प्रदेशबाट खाली भएको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी हुनुभएको छ । उहाँ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेको माधव नेपाल पक्षीय गठबन्धनका उम्मेदवार हुनुहुन्थ्यो ।
आज भएको मतदानमा डा देवकोटाले पाँच हजार ८८ र नेकपा (एमाले)का रामबहादुर थापा ‘बादल’ले चार हजार १४ मतभार प्राप्त गर्नुभएको छ । त्यस्तै, नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले एक सय ३२ मतभार प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।