काठमाडौँ, ६ जेठ (०७८) । पछिल्लो २४ घण्टामा आठ हजार ३ सय ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पिसिआर र एन्टिजेन बिधिबाट कूल २२ हजार ८७ मा गरिएको परीक्षणमा उक्त सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन् । मन्त्रालयको विवरणअनुसार २१ हजार ६ सय ९५ पिसिआर परीक्षण गरिएको थियो भने […]
"/> कोभिड अपडेट : सङ्क्रमण निको हुने दर ७५.१ प्रतिशत - Line Khabar
Line Khabar
शनिबार, भदौ २९, २०८१ | September 14, 2024
  • होमपेज
  • कोभिड अपडेट : सङ्क्रमण निको हुने दर ७५.१ प्रतिशत

कोभिड अपडेट : सङ्क्रमण निको हुने दर ७५.१ प्रतिशत

कोभिड अपडेट : सङ्क्रमण निको हुने दर ७५.१ प्रतिशत

काठमाडौँ, ६ जेठ (०७८) । पछिल्लो २४ घण्टामा आठ हजार ३ सय ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पिसिआर र एन्टिजेन बिधिबाट कूल २२ हजार ८७ मा गरिएको परीक्षणमा उक्त सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन् ।

मन्त्रालयको विवरणअनुसार २१ हजार ६ सय ९५ पिसिआर परीक्षण गरिएको थियो भने ३ सय ९२ एन्टिजेन परीक्षण गरिएको थियो । छ हजार ५सय ४३ जना भने निको भएका छन् ।

नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनसहित १ सय ९० जनाको निधन भएको छ । आजको विवरणसहित हालसम्म कूल पाँच हजार ८ सय ४७ जनाको निधन भएको छ । कूल चार लाख ८८ हजार ६ सय ४५ जनामा कोरोना पोजेटिभ हुँदा तीन लाख ६६ हजार ९ सय ४६ जना भने निको भएका छन् । यस आधारमा निको हुने दर ७५ दशमलव १ प्रतिशत रहेको छ । कोरोनाको दोस्रो लहरपछि कोरोना पोजेटिभ हुनेको सङ्ख्या एक लाख १५ हजार ८ सय ५२ पुगेको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा सक्रिय सङ्क्रमितको सङ्ख्या २४ हजार ३ सय ८९ रहेका छन् । कुल एक लाख ४६ हजार २ सय ८६ निको हुँदा एक हजार ३ सय २६ जनाको निधन भएको छ । भक्तपुरमा चार हजार ७ सय ८३ सक्रिय सङ्क्रमित छन् भने १२ हजार ४ सय ७३ निको भएका छन् । यस्तै २ सय ६२ को मृत्यु भएको छ । ललितपुरमा छ हजार ८ सय ९५ सक्रिय सङ्क्रमित छन् भने २२ हजार १३ जना निको भएका छन् । ललितपुरमा ३ सय ४७ को मृत्यु भएको छ

तीन चिकित्सकको मृत्यु
कोरोना सङ्क्रमणको कारण हालसम्म तीन चिकित्सकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सङ्क्रमणबाट कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा काम गर्ने क्रममा डा ईश्वरलाल आचार्य, डा मुकेश चौधरी र डा पुज्याश्री कार्कीको निधन भएको जानकारी दिनुभयो । मन्त्रालयले दिवङ्गत चिकित्सकप्रति गहिरो दुःख व्यक्त गरेको छ । हालसम्म सङ्क्रमबाट पाँच हजार ८ सय ४७ को मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका