काठमाडौँ, ७ जेठ (०७८) । थप आठ हजार ६ सय ७ जनामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या चार लाख ९७ हजार ५२ पुगेको छ । थप २३ हजार २ सय २६ जनाको पिसिआर परीक्षण तथा ८ सय ७३ को एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । पिसिआर विधिबाट आठ […]
"/> थप ८ हजार ६०७ जनामा कोरोना पुष्टि, निको हुने दर ७५.४ प्रतिशत - Line Khabar
Line Khabar
बिहिबार, भदौ २७, २०८१ | September 12, 2024
  • होमपेज
  • थप ८ हजार ६०७ जनामा कोरोना पुष्टि, निको हुने दर ७५.४ प्रतिशत

थप ८ हजार ६०७ जनामा कोरोना पुष्टि, निको हुने दर ७५.४ प्रतिशत

थप ८ हजार ६०७ जनामा कोरोना पुष्टि, निको हुने दर ७५.४ प्रतिशत

काठमाडौँ, ७ जेठ (०७८) । थप आठ हजार ६ सय ७ जनामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या चार लाख ९७ हजार ५२ पुगेको छ ।

थप २३ हजार २ सय २६ जनाको पिसिआर परीक्षण तथा ८ सय ७३ को एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । पिसिआर विधिबाट आठ हजार ४ सय ७ तथा एन्टिजेनबाट २ सय जनामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २८ लाख ७८ हजार १ सय ४६ पुगेको छ । हाल ९ सय १२ सङ्क्रमित क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

हालसम्म तीन लाख ७४ हजार ८ सय ३६ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर सात हजार ८ सय ९० सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ७५ दशमलव चार प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर एक लाख १६ हजार १ सय ९२ सक्रिय सङ्क्रमित छन् ।

यसैबीच, पछिल्लो समय सङ्क्रमणबाट थप १ सय ७७ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार २४ पुगेको मन्त्रालयले जनाएको छ । बिहीबार कोरोनाबाट १ सय ९० सङ्क्रमितको मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका