इनरुवा, १४ जेठ (०७८) । रेडियो सञ्चालकहरुको सङ्गठन ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको आज बिहान निधन भएको छ । कोरोना सङ्क्रमणका कारण उहाँको ५० वर्षको उमेरमा निधन भएको हो । न्यौपानेको विराट मेडिकल कलेजमा उपचार भइरहेकोमा आज विहान मृत्यु भएको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राइले जानकारी दिनुभयो । न्यौपाने […]
"/> ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालका अध्यक्ष न्यौपानेको निधन - Line Khabar
Line Khabar
बुधबार, भदौ २६, २०८१ | September 11, 2024
  • होमपेज
  • ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालका अध्यक्ष न्यौपानेको निधन

ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालका अध्यक्ष न्यौपानेको निधन

ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालका अध्यक्ष न्यौपानेको निधन

इनरुवा, १४ जेठ (०७८) । रेडियो सञ्चालकहरुको सङ्गठन ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको आज बिहान निधन भएको छ । कोरोना सङ्क्रमणका कारण उहाँको ५० वर्षको उमेरमा निधन भएको हो ।

न्यौपानेको विराट मेडिकल कलेजमा उपचार भइरहेकोमा आज विहान मृत्यु भएको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राइले जानकारी दिनुभयो । न्यौपाने इटहरीको सप्तकोसी एफएमका स्टेशन म्यानेजर र विज्ञापन बोर्डका सदस्य समेत हुनुहुन्थ्यो । कोरोना सङक्रमण पुष्टि भएपछि न्यौपानेलाई वैशाख २८ गते बेलुका विराटमा भर्ना गरिएका थियो । अवस्था जटिल भएपछि भेण्टिलेटरमा राखेर उहाँको उपचार गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका