काठमाडौँ, १९ जेठ (०७८) । राजा वीरेन्द्रको वंश नै नाश हुने गरी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ। २०५८ सालको आजैका दिन अर्थात् जेठ १९ गते साँझ नारायणहिटी राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित उनका परिवारका सबै सदस्यको हत्या भएको थियो। गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी […]
"/> राजदरबार हत्याकाण्डको २० वर्ष, इतिहासकै कालो दिन - Line Khabar
Line Khabar
शनिबार, भदौ २९, २०८१ | September 14, 2024
  • होमपेज
  • राजदरबार हत्याकाण्डको २० वर्ष, इतिहासकै कालो दिन

राजदरबार हत्याकाण्डको २० वर्ष, इतिहासकै कालो दिन

राजदरबार हत्याकाण्डको २० वर्ष, इतिहासकै कालो दिन

काठमाडौँ, १९ जेठ (०७८) । राजा वीरेन्द्रको वंश नै नाश हुने गरी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ। २०५८ सालको आजैका दिन अर्थात् जेठ १९ गते साँझ नारायणहिटी राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित उनका परिवारका सबै सदस्यको हत्या भएको थियो।

गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र अधिराजकुमार धीरेन्द्र शाहको हत्या भएको थियो। घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरख शमशेर र केतकी चेस्टर घाइते भएका थिए ।

उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । जेठ १९ लाई नेपाली इतिहासमै कहालीलाग्दो दिनका रूपमा लिने गरिन्छ। राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन ।

दरबार हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाइएको प्रतिवेदन सार्वजनिक गरेको थियो । तत्कालीन सभामुख तारानाथ रानाभाटले छानविन प्रतिवेदन सार्बजनिक गरेका थिए । तर यसलाई धेरैले पत्याएका छैनन्। दरबार हत्याकाण्ड कसले र किन ग‍र्यो भन्ने वास्तविकता अझै रहस्यकै गर्भमा छ।

वीरेन्द्रको वंश नाशपछि ज्ञानेन्द्र शाहले सम्हालेपछि राजतन्त्र धेरै समय टिक्न सकेन। ०६२÷६३ को जनआन्दोलनपछि नेपाल गणतान्त्रिक मुलुक घोषणा भयो। नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि अर्थात् २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्ति र गणतन्त्र स्थापनाको घोषणा भएको थियो । ज्ञानेन्द्र शाह नै नेपालको इतिहासमा अन्तिम राजा बने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका