काठमाडौँ, २३ जेठ (०७८) । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि आह्वान गर्नुभएको छ । माधवकुमार नेपाल समूहले देशव्यापी समानान्तर कमिटी निर्माण गर्दै अलग पार्टी अभ्यास गरिरहेकाबेला प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले आइतबार साँझ पार्टी एकताका लागि आह्वान गर्नुभएको हो । अध्यक्ष ओलीले पार्टी कमिटीहरुलाई जेठ २ मा फर्काउने घोषणासमेत गर्नुभएको छ […]
"/> एमाले अध्यक्ष ओलीद्वारा पार्टी एकताका लागि आह्वान, जेठ २ मा फर्काउने घोषणा - Line Khabar
Line Khabar
शनिबार, भदौ २९, २०८१ | September 14, 2024
  • होमपेज
  • एमाले अध्यक्ष ओलीद्वारा पार्टी एकताका लागि आह्वान, जेठ २ मा फर्काउने घोषणा

एमाले अध्यक्ष ओलीद्वारा पार्टी एकताका लागि आह्वान, जेठ २ मा फर्काउने घोषणा

एमाले अध्यक्ष ओलीद्वारा पार्टी एकताका लागि आह्वान, जेठ २ मा फर्काउने घोषणा

काठमाडौँ, २३ जेठ (०७८) । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि आह्वान गर्नुभएको छ । माधवकुमार नेपाल समूहले देशव्यापी समानान्तर कमिटी निर्माण गर्दै अलग पार्टी अभ्यास गरिरहेकाबेला प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले आइतबार साँझ पार्टी एकताका लागि आह्वान गर्नुभएको हो ।

अध्यक्ष ओलीले पार्टी कमिटीहरुलाई जेठ २ मा फर्काउने घोषणासमेत गर्नुभएको छ । ‘नेकपा एमालेलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइनेछ,’ अध्यक्ष ओलीले जारी गरेको आह्वानमा भनिएको छ, ‘नेकपाको केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनुभएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुनेछन् ।’

अध्यक्ष ओलीले मातहतका कमिटी र जनसंगठनहरु मूलभूतरुपमा २०७५ जेठ ३ गते पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने बताउनुभएको छ । उहाँले संगठनात्मक क्षेत्रका निष्कर्षहरु कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने उल्लेख गर्नुभएको छ ।

अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएका एमाले सांसदको हस्ताक्षर फिर्ता लिने, विगतमा नेताहरुमाथि गरिएको कारबाही फिर्ता लिने, एमालेलाई वैचारिक, सांगठनिक र भावनात्मकरुपले अनुशासित बनाउन अलग समूहमा रहेका नेताहरुले सहयोग गर्ने विश्वास लिनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका