धनुषा, २८ जेठ (०७८) । पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृत्यु भएको हो । दिउँसो १२ बजेको समयमा घर नजीकैको पोखरीमा नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीयवासी पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, […]
"/> पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु - Line Khabar
Line Khabar
शुक्रबार, भदौ २८, २०८१ | September 13, 2024
  • होमपेज
  • पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

  • Krishna Giri
  • शुक्रबार, जेष्ठ २८, २०७८
पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

धनुषा, २८ जेठ (०७८) । पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृत्यु भएको हो । दिउँसो १२ बजेको समयमा घर नजीकैको पोखरीमा नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीयवासी पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया छोरी ललिताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका