गण्डकी, २८ जेठ (०७८) । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी दलको गठबन्धका ३१ प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुखसमक्ष दावी गरेका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्ति प्रयोजनका लागि शनिबार दिउँसो ३ बजेसम्मको समय तोकेर प्रदेशसभा सदस्यलाई आज आह्वान गर्नुभएको थियो । प्रदेश सदस्य कृष्णचन्द्र […]
"/> गण्डकीमा सरकार गठनका लागि विपक्षी गठबन्धनको दावी पेश - Line Khabar
Line Khabar
बिहिबार, कार्तिक २२, २०८१ | November 7, 2024
  • होमपेज
  • गण्डकीमा सरकार गठनका लागि विपक्षी गठबन्धनको दावी पेश

गण्डकीमा सरकार गठनका लागि विपक्षी गठबन्धनको दावी पेश

गण्डकीमा सरकार गठनका लागि विपक्षी गठबन्धनको दावी पेश

गण्डकी, २८ जेठ (०७८) । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी दलको गठबन्धका ३१ प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुखसमक्ष दावी गरेका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्ति प्रयोजनका लागि शनिबार दिउँसो ३ बजेसम्मको समय तोकेर प्रदेशसभा सदस्यलाई आज आह्वान गर्नुभएको थियो ।

प्रदेश सदस्य कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै गठबन्धनमा नेपाली काँग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टी (जसपा) का २ र स्वतन्त्र प्रदेश सदस्य राजीव गुरुङ रहनुभएको छ । केन्द्र सरकारमा भने जसपाका अध्यक्ष महन्थ ठाकुर पक्ष नेकपा (एमाले) नेतृत्वको सरकारमा सामेल भएको छ । प्रदेश सभामा बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका