Line Khabar
मङ्लबार, भदौ ३१, २०८२ | September 16, 2025
  • होमपेज
  • अल्मुताइरीले नै तीन वर्ष नेपालको राष्ट्रिय टीम सम्हाल्ने, एन्फासँग सम्झौता

अल्मुताइरीले नै तीन वर्ष नेपालको राष्ट्रिय टीम सम्हाल्ने, एन्फासँग सम्झौता

अल्मुताइरीले नै तीन वर्ष नेपालको राष्ट्रिय टीम सम्हाल्ने, एन्फासँग सम्झौता

काठमाडौँ, १० कात्तिक ०७८ । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) सँग तीन वर्ष सम्झौता थप गर्नुभएको छ ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशनसँग भएको छलफलपछि कुवेती प्रशिक्षक अल्मुताइरीले थप तीन वर्षको लागि सम्झौता गर्नुभएको एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिनुभएको छ ।

माल्दिभ्समा गत असोजमा सम्पन्न साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई फाइनलमा पुर्याउनुभएको अल्मुताइरी त्यतैबाट कुवेत फर्कनुभएको थियो । भारतविरुद्ध फाइनल खेल्नुअघि उहाँले उक्त खेल नेपाली टोलीसँग अन्तिम खेल रहेको र नेपाल नफर्कने लगभग पक्काजस्तै भएको बताउनुभएको थियो ।

साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ३–० गोलअन्तरले पराजित हुँदै उपविजेता बनेको थियो । मुख्य प्रशिक्षक अल्मुताइरीले तीन वर्ष नेपालको प्रशिक्षक रहन आफू सहमत भएको जानकारी सामाजिक सञ्जाल फेसबुकमा पनि लेख्नुभएको छ । उहाँले छिट्टै आगामी दुई वर्षको लक्ष्य र योजना प्रस्तुत गर्ने पनि सामाजिक सञ्जालमार्फत उल्लेख गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका