चितवन, २७ चैत ०७८ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (एमाले)ले विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ । भरतपुर महानगर कमिटीले सुवेदीको एकल नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । महानगर कमिटीको आज आइतबार सम्पन्न बैठकमा एमाले पोलिटब्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीको प्रस्ताव र सांसद एवं एमाले नेता कृष्णभक्त पोखरेलको समर्थनमा सुवेदीको नाम […]
"/> भरतपुरको मेयरमा एमालेबाट विजय सुवेदी उठ्ने - Line Khabar
Line Khabar
बिहिबार, अशोज ३, २०८१ | September 19, 2024
  • होमपेज
  • भरतपुरको मेयरमा एमालेबाट विजय सुवेदी उठ्ने
स्थानीय तह निर्वाचन

भरतपुरको मेयरमा एमालेबाट विजय सुवेदी उठ्ने

भरतपुरको मेयरमा एमालेबाट विजय सुवेदी उठ्ने

चितवन, २७ चैत ०७८ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (एमाले)ले विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ । भरतपुर महानगर कमिटीले सुवेदीको एकल नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

महानगर कमिटीको आज आइतबार सम्पन्न बैठकमा एमाले पोलिटब्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीको प्रस्ताव र सांसद एवं एमाले नेता कृष्णभक्त पोखरेलको समर्थनमा सुवेदीको नाम सर्वसम्मत सिफारिस भएको एमाले भरतपुर महानगर कमिटी अध्यक्ष शङ्कर थपलिया जानकारी दिनुभयो ।

एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले महानगरबाट एक मात्रै नाम सिफारिस भएकाले सोही नामलाई मात्रै प्रदेश कमिटीमा पठाउने बताउनुभयो । प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पुगेको सिफारिसका आधारमा केन्द्रले उम्मेदवार निर्णय गर्नेछ ।

सुवेदी एमाले चितवनको दुई कार्यकाल पार्टी प्रमुख (सचिव) भइसक्नुभएको छ । हाल उहाँ पार्टीको बागमती प्रदेश सचिव हुनुहुन्छ । सुवेदी भरतपुर महानगरभित्र पर्ने चितवन क्षेत्र नं २ (ख) बाट बागमती प्रदेशसभा सदस्य हुनुहुन्छ ।

उहाँ अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री हुँदा सामाजिक विकास मन्त्री हुनुहुन्थ्यो । सुवेदी भरतपुर महानगरपालिका–१२ का स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ भरतपुर अस्पताल विकास समितिको अध्यक्ष हुँदा गरेका कार्य प्रशंसनीय छन् । सरल स्वभाव, स्पष्ट वक्ता र पारदर्शी छवीका कारण सुवेदी चितवनमा लोकप्रिय हुनुहुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका