काठमाडौँ, २९ चैत ०७८ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले विकास र समृद्धिको नेतृत्व विगतमा गरेको र भविष्यमा पनि गर्ने बताउनुभएको छ । एमाले महालक्ष्मी नगर कमिटीले आज ललितपुरको सिद्धिपुरमा आयोजना गरेको नयाँँ वर्ष वि.सं. २०७९को शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले एमालेले सरकारको नेतृत्व गर्दा विकासका धेरै काम भएको उल्लेख गर्नुभयो । अध्यक्ष […]
"/> एमालेले विकास र समृद्धिको नेतृत्व गर्छ : अध्यक्ष ओली - Line Khabar
Line Khabar
शनिबार, भदौ २९, २०८१ | September 14, 2024
  • होमपेज
  • एमालेले विकास र समृद्धिको नेतृत्व गर्छ : अध्यक्ष ओली

एमालेले विकास र समृद्धिको नेतृत्व गर्छ : अध्यक्ष ओली

एमालेले विकास र समृद्धिको नेतृत्व गर्छ : अध्यक्ष ओली

काठमाडौँ, २९ चैत ०७८ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले विकास र समृद्धिको नेतृत्व विगतमा गरेको र भविष्यमा पनि गर्ने बताउनुभएको छ । एमाले महालक्ष्मी नगर कमिटीले आज ललितपुरको सिद्धिपुरमा आयोजना गरेको नयाँँ वर्ष वि.सं. २०७९को शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले एमालेले सरकारको नेतृत्व गर्दा विकासका धेरै काम भएको उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले विसं २०५१ मा र विसं २०७२ को राजनीतिक परिवर्तनपछि सरकारको नेतृत्व गर्दा एमालेले विकासका काम गरेर नागरिकको मन जितेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि तीनै तहमा एमाले नेतृत्व आएमा नागरिकको समृद्धिको आकाङ्क्षा पूरा हुनसक्छ ।”

एमालेले समाजमा सहयोग आवश्यक पर्ने वर्गलाई विशेष सम्मान र आरक्षण गर्दै आएको पूर्वप्रधानमन्त्री ओलीले बताउनुभयो । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता एमाले नेतृत्वको सरकारले ल्याएको र समयानुसार बढाएको उहाँले बताउनुभयो । शारीरिक अपाङ्गता भएका व्यक्ति, अशक्त, एकल महिलालगायतका वर्गले एमालेलाई नै रुचाएको उहाँले बताउनुभयो ।

आफूले सरकारको नेतृत्व गर्दा तुइन विस्थापित गरेर त्यस ठाउँमा झोलुङ्गे पुल निर्माणलाई अघि बढाएको अध्यक्ष ओलीले बताउनुभयो । आफूले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा देशभरका धेरै सडक चौडा बनाएको उहाँको दावी थियो । ललितपुर विगतदेखि नै बामपन्थीको पकड रहेको उहाँले उल्लेख गर्नुभयो । एमाले पोटिब्युरो सदस्य महेश बस्नेतले ललितपुर जिल्लाका सबै स्थानीय तहमा पार्टीलाई विजयी गराउन पार्टी नेतृत्व एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका