Line Khabar
मङ्लबार, भदौ ३१, २०८२ | September 16, 2025
  • होमपेज
  • चितवनमा दुई हजार दुई सय ५० जनाको उम्मेदवारी दर्ता

चितवनमा दुई हजार दुई सय ५० जनाको उम्मेदवारी दर्ता

चितवनमा दुई हजार दुई सय ५० जनाको उम्मेदवारी दर्ता

चितवन, १३ वैशाख ०७९ । स्थानीय तहको निर्वाचनका लागि चितवनमा दुई हजार दुई सय ५० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा रहेका सात पालिका प्रमुख, उपप्रमुख र ९८ वटा वडामा वडाध्यक्ष, वडा सदस्य गरी उक्त सङ्ख्यामा उम्मेदवारी दर्ता गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सात पालिकामध्ये ६ पालिका प्रमुखमा ७४ जना, उपप्रमुखमा ४५ जना, गाउँपालिका अध्यक्षमा ५ जना, उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको हो । त्यस्तै, ९८ वटा वडाको वडाध्यक्षका लागि पाँच सय एक जनाको उम्मेदवारी परेको छ ।

त्यसैगरी, महिला सदस्यमा चार सय १४ जना, दलित महिला सदस्यमा तीन सय ५१ जना र खुल्ला सदस्यमा आठ सय ५८ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एउटा गाउँपालिका रहेका छन् । सात पालिकामा गरी तीन लाख ९७ हजार छ सय ८५ मतदाता रहेका छन् । जसमध्ये दुई लाख चार हजार छ सय ६६ महिला र एक लाख ९३ हजार १८ पुरुष रहेका छन् । अन्य एक जना मतदाता रहेको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका