टोकिया, २४असार ०७९ । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको जापानको राजधानी टोकियोबाट प्राप्त समाचारमा जनाइएको छ ।जापानको पश्चिमी सहर नारामा सम्बोधन गरिरहनुभएका उहाँलाई शुक्रबार बिहान गोली हानिएको हो । सडकमा आयोजना भएको एक सभालाई सम्बोधन गरिरहेका बेला उहाँलाई पछाडिबाट गोली प्रहार भएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । जापानी टेलिभिजन एनएचकेले दिएको जानकारीमा उहाँलाई […]
"/> जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार - Line Khabar
Line Khabar
बिहिबार, भदौ २७, २०८१ | September 12, 2024
  • होमपेज
  • जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

टोकिया, २४असार ०७९ । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको जापानको राजधानी टोकियोबाट प्राप्त समाचारमा जनाइएको छ ।जापानको पश्चिमी सहर नारामा सम्बोधन गरिरहनुभएका उहाँलाई शुक्रबार बिहान गोली हानिएको हो ।

सडकमा आयोजना भएको एक सभालाई सम्बोधन गरिरहेका बेला उहाँलाई पछाडिबाट गोली प्रहार भएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । जापानी टेलिभिजन एनएचकेले दिएको जानकारीमा उहाँलाई गोली लागेको ठाउँबाट रगत बगिरहेको छ । उहाँ अहिले बेहोस अवस्थामा रहनुभएको पनि यहाँका मिडियाले जनाएका छन् ।

नाराको स्थानीय प्रहरीले उहाँलाई नजिकैको एक अस्पतालमा कोमामा राखिएको जनाएको छ । नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको र उहाँको अवस्था गम्भीर रहेको यहाँका मिडियाले जनाएका छन् ।

प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जानकारी दिएको छ । रासस/सिन्ह्वा

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका