Line Khabar
मङ्लबार, भदौ ३१, २०८२ | September 16, 2025
  • होमपेज
  • वीरगन्ज नाकाबाट हुने निर्यात ५० प्रतिशतले वृद्धि

वीरगन्ज नाकाबाट हुने निर्यात ५० प्रतिशतले वृद्धि

वीरगन्ज नाकाबाट हुने निर्यात ५० प्रतिशतले वृद्धि

पर्सा, १२ साउन ०७९ । नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/८९ मा उक्त नाका प्रयोग गरी हुने नेपाली वस्तुको निर्यातमा ५० प्रतिशत वृद्धि भएको हो ।

अघिल्लो आर्थिक वर्षमा रु ५३ अर्ब ६८ करोड २८ लाखभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएकामा गत आर्थिक वर्ष रु २६ अर्ब ८१ करोड पाँच लाखभन्दा बढी अर्थात् रु ८० अर्ब ४९करोड ३३ लाखभन्दा बढीको सामान निर्यात भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा ४९दशमलव ९४ प्रतिशत बढी हो ।

उक्त नाकाबाट भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा भटमासको प्रशोधित तेल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, जमोठ कपडालगायत बस्तु रहेको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो । उहाँले अघिल्लो आवको तुलनमा गत आवमा भटमासको प्रशोधित तेल निर्यातमा १३ प्रतिशतले कमी आएको तर सूर्यमुखीको प्रशोधित तेल ५६ प्रतिशत, फलफूलको जुस ४१ प्रतिशत, जमोठ कपडाको निर्यात ४५ प्रतिशतले वृद्धि भएको बताउनुभयो ।

भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा सरकारले दिएको अनुदानको दायरालाई अझै फराकिएलो बनाए निर्यात प्रवद्र्धनमा मद्दत पुग्ने उद्योगी, व्यवासायीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका