म्याग्दी, १७ साउन ०७९ । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिरोले घर बगाउँदा दुुई जनाको मत्यु र तीन जना बेपत्ता भएका छन् । घामबहादुर विक र गोठे विकको घर पहिरोले पुरिएको हो । घटनास्थलमा रहनुभएका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ । गोठे र […]
"/> पहिरोले घर बगाउँदा दुईको मृत्यु, तीन जना बेपत्ता - Line Khabar
Line Khabar
शनिबार, भदौ २९, २०८१ | September 14, 2024
  • होमपेज
  • पहिरोले घर बगाउँदा दुईको मृत्यु, तीन जना बेपत्ता

पहिरोले घर बगाउँदा दुईको मृत्यु, तीन जना बेपत्ता

पहिरोले घर बगाउँदा दुईको मृत्यु, तीन जना बेपत्ता

म्याग्दी, १७ साउन ०७९ । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिरोले घर बगाउँदा दुुई जनाको मत्यु र तीन जना बेपत्ता भएका छन् । घामबहादुर विक र गोठे विकको घर पहिरोले पुरिएको हो । घटनास्थलमा रहनुभएका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ ।

गोठे र उहाँकी श्रीमती गोरी विक पहिरोमा परेर घाइते भएका छन् । घमबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका हुन् । स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन् ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको जानकारी दिनुभयो । घटनास्थल तामिङगाउँ रुमको फेदीमा पर्छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट करिब तीन घण्टा पैदलयात्रापछि घटनास्थलमा पुग्न सकिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका