काठमाडौँ, २३ असोज ०७९ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरीबाट दुई हजार १२८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ पदका लागि एक हजार ९३७ जना पुरुष र १९१ जना महिलाले विभिन्न दल तथा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलकाअनुसार आज […]
"/> प्रतिनिधिसभातर्फ २१२८ र प्रदेशसभातर्फ २८४५ जनाको उम्मेदवारी दर्ता: निर्वाचन आयोग - Line Khabar
Line Khabar
शनिबार, भदौ २९, २०८१ | September 14, 2024
  • होमपेज
  • प्रतिनिधिसभातर्फ २१२८ र प्रदेशसभातर्फ २८४५ जनाको उम्मेदवारी दर्ता: निर्वाचन आयोग
मंसिर ४ निर्वाचन

प्रतिनिधिसभातर्फ २१२८ र प्रदेशसभातर्फ २८४५ जनाको उम्मेदवारी दर्ता: निर्वाचन आयोग

प्रतिनिधिसभातर्फ २१२८ र प्रदेशसभातर्फ २८४५ जनाको उम्मेदवारी दर्ता: निर्वाचन आयोग

काठमाडौँ, २३ असोज ०७९ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरीबाट दुई हजार १२८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ पदका लागि एक हजार ९३७ जना पुरुष र १९१ जना महिलाले विभिन्न दल तथा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलकाअनुसार आज आइतबार विहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई उम्मेदवारले आफ्नो मनोनयन दर्ता गराएका थिए । कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले एकिन विवरण प्रविष्ट हुन बाँकी रहेको आयोगको भनाइ छ ।

प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आयोगको सूचना प्रणालीमा प्रविष्ट भएका आधारमा प्रतिनिधिसभा अन्तर्गत देशभर १९३७ पुरुष र १९१ महिला गरी कूल २१२८ उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको छ ।”

त्यसैगरि, प्रदेशसभातर्फ २६०० पुरुष, २४४ महिला र १ अन्य गरी २८४५ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । प्रवक्ता पौडेलका अनुसार प्रदेश नं. १ मा ४४५ पुरुष र ४९ महिला गरी ४९४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, मधेश प्रदेशमा ७११ पुरुष र ५५ महिला तथा १ अन्य गरी ७६७ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

बागमती प्रदेशमा ५६१ पुरुष र ७४ महिला गरी ६३५ जना, गण्डकी प्रदेशमा १९९ पुरुष र २९ महिला गरी २२८ जना, लुम्बिनी प्रदेशमा ४१४ पुरुष र २३ महिला गरी ४३७ जना, कर्णाली प्रदेशमा ७९ पुरुष र २ महिला गरी ८१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, सुदुरपश्चिम प्रदेशमा १९१ पुरुष र १२ महिला गरी २०३ उम्मेदवारहरूले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन्।

आयोगका अनुसार असोज २४ गते भोली विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका