भरतपुर, १९ कार्तिक । भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आईतबार बसेको ८७ औँ कार्यपालिका बैठकले सो निर्णय गरेको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जानकारी दिनुभएको छ । भूकम्प प्रभावित क्षेत्रमा खोज,उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनः निर्माण लगायतका कार्यमा सहयोग पुर्याउन महानगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार […]
"/> भूकम्प प्रभावितलाई भरतपुर महानगरको एक करोड सहयोग - Line Khabar
Line Khabar
बिहिबार, भदौ २०, २०८१ | September 5, 2024
  • होमपेज
  • भूकम्प प्रभावितलाई भरतपुर महानगरको एक करोड सहयोग

भूकम्प प्रभावितलाई भरतपुर महानगरको एक करोड सहयोग

भूकम्प प्रभावितलाई भरतपुर महानगरको एक करोड सहयोग

भरतपुर, १९ कार्तिक । भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आईतबार बसेको ८७ औँ कार्यपालिका बैठकले सो निर्णय गरेको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जानकारी दिनुभएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा खोज,उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनः निर्माण लगायतका कार्यमा सहयोग पुर्याउन महानगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।

जम्मा हुने सहयोग जनप्रतिनिधिको एक महिनाको तलब, अधिकृतस्तरका कर्मचारीको ५ दिनको तलब, सहायकस्तरसम्मका कर्मचारीको ३ दिनको तलब, मावि शिक्षकको ३ दिनको तलब, आधारभूत तहका शिक्षकको २ दिनको तलब र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट हुने गरी मिलाइएको छ ।

प्रमुख दाहालले भूकम्प प्रभावितलाई नगद, जिन्सी तथा खाद्यान्न सहयोगका लागि सम्पूर्ण भरतपुरबासीसँग आह्वान गर्नुभएको छ ।

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाई गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुममा जनधनको ठूलो क्षति भएको छ । भूकम्पको केन्द्रबिन्दु आसपास रहेका जाजरकोट, रुकुम लगायतका जिल्लाका धेरै कच्ची घरहरू भत्किएका छन् । मानवीय क्षतिसँगै पशुचौपाया र भौतिक संरचनामासमेत क्षति पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका