नवरात्रको सातौँ दिन गरियो कालरात्रि देवीको विशेष पूजा आराधना
काठमाडौँ, १६ असोज ०७९ । नवरात्र अर्थात् दुर्गा पक्षको सातौँ दिन आज दसैँ घर वा पूजा कोठामा कालरात्रि देवीको विशेष पूजा आराधना गरिएको छ । वडादसैँ अर्थात् दुर्गा पक्षको नौ दिनसम्म दुर्गा देवीका नौ रुपको विशेष पूजा आराधना गर्ने शास्त्रीय परम्परा छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौँथो दिन कुष्माण्डा, […]