Line Khabar
बुधबार, कार्तिक १३, २०८२ | October 29, 2025
  • होमपेज
  • पूर्व प्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको पत्र संसद् सचिवालयमा

पूर्व प्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको पत्र संसद् सचिवालयमा

नेपालको सांसद पद निलम्बन

पूर्व प्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको पत्र संसद् सचिवालयमा

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको सम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र संघीय संसद् सचिवालयमा पुगेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले हदबन्दी छुटमा पाएको जग्गा अपचलन प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । अख्तियारले पूर्व प्रधानमन्त्री नेपालका नाममा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको पनि जनाएको छ ।

भ्रष्टाचार मुद्दा दायर भएसँगै नेपालको सांसद पद पनि स्वतः निलम्बनमा परेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५८ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ मा भएको व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ । एकीकृत समाजवादीका अध्यक्ष नेपाल रौतहट क्षेत्र नम्बर १ बाट सांसद निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका