काठमाडौँ, २२ जेठ ०८२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा प्रकरण सम्बन्धमा पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ । आरोपपत्र दायर भएसँगै सङ्घीय संसद्का सदस्य रहेका पूर्वप्रधानमन्त्री नेपालको सांसद पद स्वतः निलम्बन भएको छ । भ्रष्टाचार निवारण […]
"/> पूर्व प्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर - Line Khabar
Line Khabar
आइतवार, भदौ २२, २०८२ | September 7, 2025
  • होमपेज
  • पूर्व प्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

पूर्व प्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

पूर्व प्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, २२ जेठ ०८२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा प्रकरण सम्बन्धमा पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ ।

आरोपपत्र दायर भएसँगै सङ्घीय संसद्का सदस्य रहेका पूर्वप्रधानमन्त्री नेपालको सांसद पद स्वतः निलम्बन भएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार फौज्दारी र भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएसँगै सार्वजनिक ओहोदाका व्यक्तिको सार्वजनिक पद स्वतः निलम्बन हुने प्रावधान छ । पूर्व प्रधानमन्त्री नेपाल सङ्घीय संसद्अन्तर्गत रौतहट जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

काभ्रेपलाञ्चोकको नासिका स्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी सञ्चालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको तथा उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको अभियोगमा आयोगले उनीहरू विरुद्ध मुद्दा दायर गरेको हो ।

उक्त कम्पनीका संस्थापक सदस्य शालिग्राम सिंहसमेतले उक्त कम्पनीको नाम प्रयोग गरी÷गराई कम्पनीको उद्देश्यको प्रतिकुल हुने गरी बदनियत राखी आफूसमेतका प्रतिवादीहरूलाई लाभ हुने गरी अन्य सरकारी सार्वजनिक पद धारण गरेका व्यक्तिसँगको मिलेमतोमा उक्त जग्गा खरिद प्रकरणमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा १० विपरित कार्य भएको आयोगको ठहर छ ।

सो प्रकरणमा सम्बन्धित निकायका व्यक्ति तथा राष्ट्रसेवकले आफ्नो पदीय ओहोदाको दुरुपयोग गरी÷गराई आफ्नो जिम्मामा रहेको सरकारी सार्वजनिक सम्पत्तिको सम्बन्धमा निर्णय बदनियत राखी गैरकानुनी निर्णय गरेको देखिएको आयोगले जनाएको छ ।

आयोगले उक्त हदभन्दा बढी जग्गा सोही ऐनको दफा ११ बमोजिम जफत तथा सरकारी सार्वजनिक कायम हुने दाबी गरेको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले उक्त मुद्दा दर्तासम्बन्धी पत्र सङ्घीय संसद् सचिवालयमा पुगिसकेको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका