Line Khabar
सोमवार, अशोज २७, २०८२ | October 13, 2025
  • होमपेज
  • विपिनको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय निकायलाई परिवारको आग्रह, सकुशल रहेको आशा कायम

विपिनको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय निकायलाई परिवारको आग्रह, सकुशल रहेको आशा कायम

विपिनको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय निकायलाई परिवारको आग्रह, सकुशल रहेको आशा कायम

हरिश्चन्द्र बाग
कञ्चनपुर । दुई वर्षदेखि हमासको कब्जामा रहेका भनिएका नेपाली विद्यार्थी कञ्चनपुरका विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ ।
बन्धकहरू रिहाइ हुने क्रममा आज बिहान इजरायली सेनाले विपिनको परिवारलाई सम्पर्क गर्दै विपिन जोशी जीवित बन्धकको सूचीमा नरहेको जानकारी गराएको छ । विपिनको रिहाइकै लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन तीन साताअघि अमेरिका पुगेका विपिनकि आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी अहिले पनि विपिनको सकुशल रिहाइको लागि विभिन्न निकायसँग भेटघाटमा हुनुहुन्छ ।
कञ्चनपुरमा रहनु भएका विपिनका दाजु किशोर कुमार जोशीले रेडियो नेपालसँग कुरा गर्दै इजरायलले सुनाएको खबरले विपिनको रिहाइको प्रतीक्षामा रहेका परिवार र आम नेपाली तथा शुभचिन्तकहरूलाई दुखित बनाएको प्रतिक्रिया दिनुभयो । यद्यपि परिवार अझैसम्म पनि विपिन सकुशल रहेकोमा आशावादी छ । अज्ञात अवस्थाले खुसी हुन नदिए पनि अझै पर्खाइमा रहन बाध्य पारेको उहाँको भनाइ छ । दुई वर्ष लामो समयसम्म विपिनको सकुशल रिहाइको प्रतीक्षामा बसेको जोशी परिवार अझै विपिनको रिहाइको पर्खाइमा छ ।

विपिनको अवस्था पत्ता लगाई सार्वजनिक गर्न जोशी परिवारले इजरायल, हमास, मध्यस्थता गरिरहेका राष्ट्रहरू र अन्तर्राष्ट्रिय निकायहरूलाई अनुरोध गरेको छ । रेडियोनेपालअनलाइनडटकमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका