दुई प्रदेशमा नयाँ प्रमुख नियुक्त, गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गङ्गा यादव
काठमाडौँ, २० वैशाख (०७८) । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरी आजै नयाँ नियुक्ति गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा गण्डकीका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तलाई पदमुक्त गरी नेपालको संविधानको धारा १६७ बमोजिम गण्डकीमा चितवनकी सीताकुमारी पौडेल र सुदूरपश्चिममा सप्तरीका गङ्गाप्रसाद यादवलाई नियुक्त गर्नुभएको हो । […]