‘ऐना झ्यालको पुतली’ : गम्भीर विषयको सरल प्रस्तुति समीक्षा
भेषराज कार्की काठमाडौँ, ५ असोज ०७९ । केही समययता नेपाली मौलिकता बोकेका फिल्म प्रदर्शन भइरहेका छन् । यसै वर्ष मात्र ‘दोख’, ‘चिसो मान्छे’, ‘पानीफोटो’, ‘प्रकाश’, ‘द सेक्रेट्स अफ राधा’, ‘झिँगेदाउ’जस्ता फिल्म आइसकेका छन् । गत भदौ २४ बाट प्रदर्शनरत फिल्म ‘ऐना झ्यालको पुतली’माथि उल्लेखित फिल्मको कमजोरीलाई सुधार्दै मौलिक स्वाद बोकेर हलमा प्रदर्शन भइरहेको छ । […]