काठमाडौंँ, २७ वैशाख (०७८) । ‘विश्वका कथाहरुको उत्सव’भन्ने नाराका साथ नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करण आजदेखि समापन भएको छ । चलचित्रमार्फत नेपाली कला, संस्कृति र पर्यटन विश्वभरि फैलाउने निफको उद्धेश्य रहेको थियो । जुममार्फत कार्यक्रमको समापन सत्रमा फैजिया फथिमाले निफमा स्तरीय कथा आउने गरेको र आफू यसमा महत्वपूर्ण जिम्मेवारीमा रहँदा खुशी लागेको बताउनुभयो […]
"/> सकियो निफ चलचित्र महोत्सव : बुख्याँचा उत्कृष्ट घोषणा - Line Khabar
Line Khabar
बुधबार, भदौ २६, २०८१ | September 11, 2024
  • होमपेज
  • सकियो निफ चलचित्र महोत्सव : बुख्याँचा उत्कृष्ट घोषणा

सकियो निफ चलचित्र महोत्सव : बुख्याँचा उत्कृष्ट घोषणा

सकियो निफ चलचित्र महोत्सव : बुख्याँचा उत्कृष्ट घोषणा

काठमाडौंँ, २७ वैशाख (०७८) । ‘विश्वका कथाहरुको उत्सव’भन्ने नाराका साथ नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करण आजदेखि समापन भएको छ । चलचित्रमार्फत नेपाली कला, संस्कृति र पर्यटन विश्वभरि फैलाउने निफको उद्धेश्य रहेको थियो । जुममार्फत कार्यक्रमको समापन सत्रमा फैजिया फथिमाले निफमा स्तरीय कथा आउने गरेको र आफू यसमा महत्वपूर्ण जिम्मेवारीमा रहँदा खुशी लागेको बताउनुभयो ।

पोर्चुगलका चलचित्र निर्माता ज्वाओ पाउलो मकेडोले विश्वभरका कला, संस्कृति तथा भूगोललाई निफले केन्द्रीकृत गर्न सफल रहेको जनाउनुभयो ।

समापन कार्यक्रममा उत्कृष्ट चलचित्रसहित विभिन्न देशका निर्णायकले पुरस्कार राशिको घोषणा गरे । सोअनुसार उत्कृष्ट लघुचलचित्र अवार्ड राजेशप्रसाद खत्रीको अ स्क्यरक्रो (बुख्याँचा)ले हात पारेको छ । यसैगरी वाग्मती अवार्ड उत्कृष्ट अन्तराष्ट्रिय लघु चलचित्रअन्तर्गत दक्षिण कोरियाका निर्देशक सङ्बिन बुनको गड्स डटर डान्सेसले पाएको छ ।

मञ्जुश्री अवार्ड उत्कृष्ट एनिमेशनतर्फ फिनल्याण्डका निर्देशक थोमस कुर्तागोले हात पारेका छन् भने उत्कृष्ट वृत्तचित्र गणेश पाण्डेको सिभिल सोल्डर्सले हात पारेको छ ।

यसैगरी माउन्ट एभरेष्ट वृत्तचित्र अवार्ड स्विट्जरल्याण्डका निर्देशक एड्रिनो जेकाको रिटर्न टु द लष्ट इडेनले पाएको छ । टर्कीका निर्देशक मुरत सेरीको इन माइ ड्रिम पनि छनोटमा परेको छ भने राष्ट्रिय कथानक चलचित्रअन्तर्गत ढोण्डुप छिरिङको आमा खाण्डोले हात पारेको छ । गौतमबुद्ध अवार्डअन्तर्गत भारतीय चलचित्र डिक्सनरीले हात पारेको छ । उत्कृष्ट लेखनतर्फ सरिता, उत्कृष्ट छायाङ्कन एवं महिला तथा पुरुषको अभियनतर्फ लाटोकोसेरोले अवार्ड हात पारेको छ ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपाली कथा, चलचित्रलाई अन्तरराष्ट्रियकरण गर्नमा निफको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा बोर्डले विभिन्न संघसंस्थासँंगको सहकार्यमा चलचित्र गतिविधि अगाडी बढाइने जानकारी दिनुभयो । कार्यक्रमको समापन गर्दै नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान तथा निफका अध्यक्ष केपी पाठकले महोत्सवक कार्यक्रम थप गतिशील एवं प्रभावकारी बनाइने बताउनुभयो ।

निफको आजको शुरुआती सत्रमा चलचित्रको आर्थिक एवं गुणात्मकस्तरबारे बहस गरिएको थियो । कार्यक्रममा लेखक युग पाठकले चलचित्र समाजको भाषा र संस्कृति देखाउने ऐना भएको र यसले विचारको प्रतिनिधित्व गरेको बताउनुभयो ।

लेखक तथा पत्रकार बविता बस्नेतले अबका चलचित्रमा महिलाको यथार्थ अवस्था देखाइनुपर्ने तथा रोनाधोना, देवी वा बोक्सी मात्र नदेखाई जीवन झल्कने सफलताको कथा पनि समावेश गर्नुपर्नेमा जोड दिनुभयो । साहित्यकार कृष्ण धरावासीले संसारभरिका चलचित्र हेरेका दर्शकलाई अब नेपाली चलचित्रले आकर्षित गर्नुपर्ने भनाइ राख्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका