प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा संवैधानिक इजलास गठन
काठमाडौँ, १४ जेठ (०७८) । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका सबै रिट निवेदनको सुनुवाइका लागि संवैधानिक इजलास गठन गरेको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ तोकिनुभएको छ । प्रधानन्यायाधीश राणाको एकल इजलासले बिहीबार १९ रिट निवेदन संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो […]