काठमाडौँ, २५ वैशाख (०७८) । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा लिने विश्वासको मतका विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । काँग्रेस संसदीय दलको आज बसेको बैठकले प्रतिनिधिसभाको यही वैशाख २७ गतेको बैठकमा हुने विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिनुभयो । बैठकले […]
"/> प्रधानमन्त्रीलाई विश्वासको मत नदिने काँग्रेसको निर्णय - Line Khabar
Line Khabar
बिहिबार, अशोज ३, २०८१ | September 19, 2024
  • होमपेज
  • प्रधानमन्त्रीलाई विश्वासको मत नदिने काँग्रेसको निर्णय

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने काँग्रेसको निर्णय

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने काँग्रेसको निर्णय

काठमाडौँ, २५ वैशाख (०७८) । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा लिने विश्वासको मतका विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । काँग्रेस संसदीय दलको आज बसेको बैठकले प्रतिनिधिसभाको यही वैशाख २७ गतेको बैठकमा हुने विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिनुभयो ।

बैठकले अन्य दललाई समेत विश्वासको मतका विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको खाणले बताउनुभयो । बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने र काँग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको पहल गर्ने गत चैत २१ गतेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयलाई अनुमोदन गरेको छ । बैठकले सरकारले हालै जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानको मर्मविपरीत भएको ठहर गर्दै परिषद्को बैठकमा पार्टी सभापति शेरबहादुर देउवा सहभागी नहुने र अन्य सदस्यलाई पनि सहभागी नहुन आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक खाणले जानकारी दिनुभयो ।

बैठकले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारलाई प्रभावकारी काम गर्न तथा यथाशीघ्र कोभिड–१९ विरुद्धको खोप ल्याई सबै जनतासमक्ष सहज रुपमा पुर्याउन आग्रह गर्ने निर्णयसमेत गरेको छ । संसदीय दलको बैठकले कोभिडविरुद्धको खोप उत्पादन गर्ने देशलाई नेपाललाई खोप उपलब्ध गराउन आग्रह गर्ने निर्णयसमेत गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका