काठमाडौँ, २२ असार ०७९ । प्रतिनिधिसभाले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा अर्थमन्त्री जनार्दन शर्मामाथि उठेका प्रश्नको छानबिन गर्न संसदीय छानबिन समिति गठन गरेको छ । बजेट निर्माणका सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नताबारे उठेको प्रश्नको छानबीन गर्न बुधबार संसदीय छानविन समिति गठन गरेको हो। संसदीय छानवीन समिति ११ सदस्यीय रहेको छ । संसदीय समिति गठनसम्बन्धी जानकारी […]
"/> अर्थमन्त्री शर्मामाथि छानवीन गर्न संसदीय समिति गठन - Line Khabar
Line Khabar
शनिबार, भदौ २९, २०८१ | September 14, 2024
  • होमपेज
  • अर्थमन्त्री शर्मामाथि छानवीन गर्न संसदीय समिति गठन

अर्थमन्त्री शर्मामाथि छानवीन गर्न संसदीय समिति गठन

अर्थमन्त्री शर्मामाथि छानवीन गर्न संसदीय समिति गठन

काठमाडौँ, २२ असार ०७९ । प्रतिनिधिसभाले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा अर्थमन्त्री जनार्दन शर्मामाथि उठेका प्रश्नको छानबिन गर्न संसदीय छानबिन समिति गठन गरेको छ । बजेट निर्माणका सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नताबारे उठेको प्रश्नको छानबीन गर्न बुधबार संसदीय छानविन समिति गठन गरेको हो।

संसदीय छानवीन समिति ११ सदस्यीय रहेको छ । संसदीय समिति गठनसम्बन्धी जानकारी सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई गराउनुभयो । समितिमा प्रदीप ज्ञवाली, खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव सदस्य हुनुहुन्छ । समितिले आवश्यकताका आधारमा सभापति चयन गर्नसक्ने व्यवस्था गरिएको छ ।

समितिलाई १० दिनको कार्यावधि दिइएको छ । समितिले आवश्यकताका आधारमा विभिन्न व्यक्तिसँग छलफल गर्न सक्नेछ । प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम उक्त समिति गठन गरिएको हो ।

करको दर हेरफेर भएका सन्दर्भमा सार्वजनिकरुपमा कुरा उठेपछि प्रतिनिधिसभाले समिति गठन गरेको सभामुखले जानकारी गराउनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका