काठमाडौँ, २३ फागुन ०८० । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८० बमोजिम नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो । राष्ट्रपति पौडेलले नेकपा एमालेका सातजना, नेकपा (माओवादी केन्द्र)का चारजना, रास्वपाका तीनजना र नेकपा एकीकृत समाजवादीका दुई […]
"/> नवनियुक्त मन्त्रीहरूद्वारा पद तथा गोपनीयताको शपथ - Line Khabar
Line Khabar
मङ्लबार, अशोज २९, २०८१ | October 15, 2024
  • होमपेज
  • नवनियुक्त मन्त्रीहरूद्वारा पद तथा गोपनीयताको शपथ

नवनियुक्त मन्त्रीहरूद्वारा पद तथा गोपनीयताको शपथ

नवनियुक्त मन्त्रीहरूद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौँ, २३ फागुन ०८० । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८० बमोजिम नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो ।

राष्ट्रपति पौडेलले नेकपा एमालेका सातजना, नेकपा (माओवादी केन्द्र)का चारजना, रास्वपाका तीनजना र नेकपा एकीकृत समाजवादीका दुई मन्त्रीहरूलाई शपथग्रहण गराउनुभएको हो । तीनजना मन्त्रीहरूलाई सोमबार नै शपथ गराउनु भएको थियो ।

आजै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्रीहरू नियुक्त गरि जिम्मेवारी समेत तोक्नुभएको थियो ।

नवनियुक्त मन्त्रीहरूमा नेकपा एमालेबाट रघुवीर महासेठलाई उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालय, पदम गिरीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, हरि उप्रेतीलाई, रक्षा मन्त्रालय, भगवती चौधरीलाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, राजेन्द्र राईलाई खानेपानी मन्त्रालय, दामोदर भण्डारीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ज्वालाकुमारी साहलाई कृषि तथा पशुपक्षी  विकास मन्त्रालय, बलराम अधिकारीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यसैगरी नेकपा माओवादीबाट नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्र मन्त्रालय, वर्षमान पुनलाई अर्थ मन्त्रालय, शक्ति बस्नेतलाई ऊर्जा मन्त्रालय, रेखा शर्मालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, हितबहादुर तामाङलाई पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

रास्वपाबाट रवि लामिछानेलाई उपप्रधान तथा गृह मन्त्रालय, डीपी अर्याल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालय र सुमना श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यसैगरी, एकीकृत समाजवादीबाट भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय । धनबहादुर बुढालाई, सहरी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

गत सोमबार नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले ३ जना विना विभागीय मन्त्री नियुक्त गर्नु भएकोमा आज मन्त्रिपरिषद् विस्तार गरी मन्त्रीहरूको जिम्मेवारी तोक्नु भएको थियो ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”, सभामुख देवराज घिमिरेलगायत विशिष्ट महानुभावहरूको उपस्थित रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका