Line Khabar
सोमवार, अशोज २७, २०८२ | October 13, 2025
  • होमपेज
  • राष्ट्रसंघका महासचिव गुटेर्रेसको आग्रहः कोरोनाको खोप सबैका लागि उपलब्ध होस्

राष्ट्रसंघका महासचिव गुटेर्रेसको आग्रहः कोरोनाको खोप सबैका लागि उपलब्ध होस्

राष्ट्रसंघका महासचिव गुटेर्रेसको आग्रहः कोरोनाको खोप सबैका लागि उपलब्ध होस्

संयुक्त राष्ट्रसंघ, १६ माघ ०७७/ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्व समुदायलाई कोरोनाको खोप सबैलाई सर्वसुलभ हुनुपर्ने भन्ने मान्यतालाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ । उहाँले यसअघि जस्तै बिहीबार पनि महामारीको चपेटामा परेका विश्वका सबै नागरिकले खोप प्राप्त गर्न पाउनुपर्ने धारणा राख्नुभएको हो ।

उहाँले भन्नुभयो– सन् २०२१ को हामी सबैको प्राथमिकता यो हुनुपर्छ कि कोभिड १९ विरुद्धको खोप सबैको प्राथमिकतामा पर्नुपर्छ र यो खोपको सर्वसुलभताका लागि संयुक्त राष्ट्रसंघले पनि आवश्यक वातावरण निर्माण गर्नेछ । उहाँले भन्नुभयो– अबका कैयौँ महिनासम्म पनि यो प्राथमिकतामा नै पर्नुपर्छ कि यो कोभिड विरुद्धको खोप सबैका लागि एक सार्वजनिक वस्तु बनाउन सक्नुपर्छ र आगामी दिनहरुमा खाँचो परेका नागरिकले सहजै र सुलभ रुपमा यो खोप प्राप्त गर्न पाउनुपर्छ ।

विश्वका केही सीमित देशका हातमामात्र कोभिडको खोप पुगेको छ तर गरिब तथा तेस्रो विश्वका देशहरुमा यो खोपको उपलब्धता अझै पनि गाह्रो देखिएको छ– उहाँले भन्नुभयो । उहाँले अहिलेकै अवस्थामा विश्वका देशहरुले यसरी नै खोप कब्जा गरेर राख्ने हो भने यसले विश्वकै अर्थतन्त्रमा ९२ खर्ब अमेरिकी डलर बराबरको मूल्यको असर पार्नेछ भन्नुभयो ।

त्यसैगरी उहाँका अनुसार यसको आधाभन्दा बढी असर त विश्वका प्रमुख विकसित देशहरुमै पर्ने देखिएको छ । त्यसैले खोपको यस्तो अवस्था नल्याउन एउटै देशले धेरै डोजहरु कब्जा नगर्ने र सबैको सार्वजनिक वस्तुका रुपमा उपलब्ध गराउने नीति बनाउनुपर्ने उहाँले सुझाउनुभयो । (रासस/सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका