काठमाडौँ, २० साउन ०७९ । पाँच दलीय सत्ता गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । सरकारले बिहीबारमात्रै प्रतिनिधि र प्रदेशसभाको निर्वाचन आगामी मङ्सिर ४ गते गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षमा आज गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा बसेको थियो । […]
"/> प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय - Line Khabar
Line Khabar
बिहिबार, अशोज ३, २०८१ | September 19, 2024
  • होमपेज
  • प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौँ, २० साउन ०७९ । पाँच दलीय सत्ता गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । सरकारले बिहीबारमात्रै प्रतिनिधि र प्रदेशसभाको निर्वाचन आगामी मङ्सिर ४ गते गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षमा आज गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा बसेको थियो । बैठकले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरी अगाडि बढ्ने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाली काँग्रेसका सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरी बैठकका निर्णय सार्वजनिक गर्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका