काठमाडौँ, १० वैशाख ०७८ । नेकपा (एमाले)को आज सम्पन्न महाधिवेशन आयोजक समितिको दोस्रो बैठकले विगतका आफ्ना क्रियाकलाप र भूमिकाको आत्मसमीक्षा गर्दैै मूलप्रवाहमा फर्कने नेता–कार्यकर्तालाई बिनापूर्वाग्रह स्वागत गर्दै सम्मानपूर्ण व्यवहार र उचित जिम्मेवारी दिने लगायत ११ बुँदे प्रस्ताव पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले सर्वोच्च अदालतको […]
"/> एमालेले मूलप्रवाहमा फर्कने नेता–कार्यकर्तालाई उचित जिम्मेवारी दिने - Line Khabar
Line Khabar
आइतवार, भदौ ३०, २०८१ | September 15, 2024
  • होमपेज
  • एमालेले मूलप्रवाहमा फर्कने नेता–कार्यकर्तालाई उचित जिम्मेवारी दिने
महाधिवेशन आयोजक समितिको बैठक

एमालेले मूलप्रवाहमा फर्कने नेता–कार्यकर्तालाई उचित जिम्मेवारी दिने

१९ सदस्यीय स्थायी कमिटी गठन, सदस्यको कार्यविभाजन

एमालेले मूलप्रवाहमा फर्कने नेता–कार्यकर्तालाई उचित जिम्मेवारी दिने

काठमाडौँ, १० वैशाख ०७८ । नेकपा (एमाले)को आज सम्पन्न महाधिवेशन आयोजक समितिको दोस्रो बैठकले विगतका आफ्ना क्रियाकलाप र भूमिकाको आत्मसमीक्षा गर्दैै मूलप्रवाहमा फर्कने नेता–कार्यकर्तालाई बिनापूर्वाग्रह स्वागत गर्दै सम्मानपूर्ण व्यवहार र उचित जिम्मेवारी दिने लगायत ११ बुँदे प्रस्ताव पारित गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले सर्वोच्च अदालतको गत फागुन २३ गतको फैसलाले एमालेलाई नेकपा (माओवादी केन्द्र)सँगको एकतापूर्वको अवस्थामा ल्याइदिएपछि विगतका कमीकमजोरीप्रति आत्मालोचित भएर पार्टीमा क्रियाशील हुनुको साटो पार्टीका केही नेता गुटगत भेला, समानान्तर गतिविधि र अर्को समूह निर्माण गर्ने उद्देश्यले अराजक एवम् विभाजनकारी क्रियाकलापमा सङ्लग्न भएको उल्लेख गर्दै त्यस्ता कार्य आम कार्यकर्ताको भावनाविरुद्ध तथा देश, जनता तथा कम्युनिष्ट आन्दोलनका लागि हानिकारक हुने ठहर गरेको छ ।

बैठकले त्यस्ता क्रियाकलाप अविलम्ब बन्द गर्न, पार्टीका नीति र नेतृत्वका पक्षमा उभिन र पार्टी एकतामा योगदान गर्न आह्वान गर्दै त्यस्ता क्रियाकलाप जारी रहे पार्टीको विधान आकर्षित हुनेतर्फ पुनःसचेत गराएको छ । “भूलबस समानान्तर कमिटीमा रहेकालाई त्यसबाट अलग हुन आह्वान गर्दछ । जनप्रतिनिधिलाई आफूलाई उम्मेदवारी दिने पार्टी र मत दिने मतदाताको भावनाको सम्मान गर्दै अनुशासित ढङ्गले अगाडि बढ्न आह्वान गर्दछ ।” बैठकबाट पारित प्रस्तावमा भनिएको छ ।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आज जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार पार्टी एकताको पक्षमा, सही विचार, नेतृत्वका पक्षमा दृढतापूर्वक उभिने देशभरका नेता एवम् कार्यकर्ता, जनप्रतिनिधि एवम् पार्टी सदस्य एवम् शुभचिन्तक एवम् न्यायप्रेमी जनसमुदायप्रति बैठकले आग्रह गरेको छ ।

बैठकले कोरोना भाइरसको नयाँ प्रकार (भेरियन्ट)को प्रवेशसँगै नेपालमा कोभिड महामारीको नयाँ लहरको जोखिम पैदा भई केही समययता सङ्क्रमण तीव्ररुपमा फैलिरहेको र सङ्क्रमितको मृत्यु पनि बढिरहेको देखिएकाले कोरोनाबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि र सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कोरोना महामारी नियन्त्रणमा थप कदम चाल्न, खोपको सुनिश्चितताका लागि थप कूटनीतिक पहल गर्न र महामारीबाट अर्थतन्त्र र जनजीविका प्रभावित हुन नदिनका लागि आवश्यक उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

स्थायी कमिटीमा को–को ?

बैठकले हालका लागि अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल तथा सदस्य वामदेव गौतम, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, टोपबहादुर रायमाझी, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, मणिचन्द्र थापा, किरण गुरुङ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा, विष्णु रिमाल, रघुबीर महासेठ, केशव बडाल र डा पुष्पराज कँडेल रहनुभएको १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । बैठकले महाधिवेशन आयोजक कमिटीका सदस्यको कार्यविभाजनसमेत गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका