काठमाडौँ, १ वैशाख ०७९ । सर्वोच्च अदालतले जनप्रतिनिधिले राजीनामा दिएर मात्रै निर्वाचनमा जान पाउने आचारसंहिताविरुद्ध परेको भ्याकेट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले बुधबार सुनुवाइ गर्दै रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतको उक्त आदेशसँगै जनप्रतिनिधिले पुनः उठ्न पदबाट राजीनामा दिन नपर्ने […]
"/>काठमाडौँ, १ वैशाख ०७९ । सर्वोच्च अदालतले जनप्रतिनिधिले राजीनामा दिएर मात्रै निर्वाचनमा जान पाउने आचारसंहिताविरुद्ध परेको भ्याकेट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले बुधबार सुनुवाइ गर्दै रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतको उक्त आदेशसँगै जनप्रतिनिधिले पुनः उठ्न पदबाट राजीनामा दिन नपर्ने भएको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गत चैत ७ गते निर्वाचन आयोगको जनप्रतिनिधिले पुनः उठ्न आफ्नो पदबाट राजीनामा दिनुपर्ने आचारसंहिताविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइ गर्दै गत चैत ८ गते आयोगको आचारसंहिता कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
अदालतको उक्त आदेशविरुद्ध आयोगले तत्काल अन्तरिम आदेश खारेज हुनुपर्ने उल्लेख गर्दै महान्यायाधिवक्ता कार्यालयमार्फत भ्याकेटको निवेदन दर्ता गराएको थियो । उक्त निवेदनमाथि सुनुवाइ गर्दै अदालतले जनप्रतिनिधिले पुनः उठ्न पदबाट राजीनामा दिन नपर्ने निर्णय गरेको छ । आयोगले निर्वाचनमा सरकारी खर्चको दुरुपयोग हुनेसक्ने भएकाले लाभ लिएर जनप्रतिनिधिले निर्वाचन प्रभावित पार्नसक्ने उल्लेख गर्दै आचारसंहितामा यस्तो व्यवस्था राखिएको जनाएको थियो ।