काठमाडौँ, २० वैशाख (०७८) । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका निषेधाज्ञालगायत कदममा सहयोग र साथ दिन सबैमा आग्रह गर्नुभएको छ । कोभिड–१९ र समसामयिक विषयमा आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गत वर्ष प्रवेश गरेको महामारीलाई एक हदसम्म नियन्त्रणमा ल्याइए पनि पुनः प्रवेश गरेको दोस्रो लहरबाट जनजीवन प्रभावित […]
"/> जनतालाई भोकै मर्न दिइने छैन : प्रधानमन्त्री - Line Khabar
Line Khabar
बिहिबार, अशोज ३, २०८१ | September 19, 2024
  • होमपेज
  • जनतालाई भोकै मर्न दिइने छैन : प्रधानमन्त्री

जनतालाई भोकै मर्न दिइने छैन : प्रधानमन्त्री

जनतालाई भोकै मर्न दिइने छैन : प्रधानमन्त्री

काठमाडौँ, २० वैशाख (०७८) । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका निषेधाज्ञालगायत कदममा सहयोग र साथ दिन सबैमा आग्रह गर्नुभएको छ । कोभिड–१९ र समसामयिक विषयमा आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गत वर्ष प्रवेश गरेको महामारीलाई एक हदसम्म नियन्त्रणमा ल्याइए पनि पुनः प्रवेश गरेको दोस्रो लहरबाट जनजीवन प्रभावित भएकाले यसमा सचेत हुन अनुरोध गर्नुभयो । उहाँले छिमेकी र मित्रराष्ट्रलाई अक्सिजनलगायत स्वास्थ्य पूर्वाधारमा सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले गत वर्ष नै उपप्रधानमन्त्रीको संयोजकत्वमा कोभिड रोकथाम र नियन्त्रणका लागि उच्चस्तरीय समिति गठन गरिएको र त्यसबाट सरकारी निकायबीच समन्वय गरिएको तथा देशभर होल्डिङ सेन्टर र क्वारेन्टिन व्यवस्थापन गराइएको स्मरण गर्दै स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा नेपालले क्रमशः प्रगति हासिल गरेको जनाउनुभयो ।

सबैजसो अस्पताललाई पिसिआर परीक्षण गर्न सक्ने व्यवस्था गरिएको जनाउँदै उहाँले कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहोस्, कसैको पनि उपचार नपाएर मानिसको ज्यान जान नपरोस् भनेर सरकारले सहजता अपनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको स्वास्थ्य सुरक्षा पहिलो दायित्व हो । निषेधाज्ञाका कारण जनतालाई भोकै मर्न दिइने छैन । यस स्थितिमा पनि अर्थतन्त्र र रोजगारीलाई गतिशील बनाइनेछ । जनताको उपचार र सेवामा सबैको त्याग, लगनशीलता र समर्पणको म प्रशंसा गर्दछु ।”

उहाँले शय्या लुकाउने वा अनिययमिता जस्ता कार्य भेटिएका कारवाही गरिने स्पष्ट गर्दै अक्सिजन उत्पादन बढाउन पनि पहल भइरहेको जनाउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका