काठमाडौँ, २० वैशाख (०७८) । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १४औँ स्थानमा रहेको थियो । घरेलु मैदानमा यही वैशाखमा सम्पन्न त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधिसमेत नेपालले जितेको थियो […]
"/> टी ट्वान्टी वरियता : नेपाल १३औँ स्थानमा - Line Khabar
Line Khabar
बिहिबार, अशोज ३, २०८१ | September 19, 2024
  • होमपेज
  • टी ट्वान्टी वरियता : नेपाल १३औँ स्थानमा

टी ट्वान्टी वरियता : नेपाल १३औँ स्थानमा

टी ट्वान्टी वरियता : नेपाल १३औँ स्थानमा

काठमाडौँ, २० वैशाख (०७८) । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १४औँ स्थानमा रहेको थियो । घरेलु मैदानमा यही वैशाखमा सम्पन्न त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधिसमेत नेपालले जितेको थियो ।

नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरियता ११औँ स्थान हो । टी–ट्वान्टीको नयाँ वरियताको पहिलो स्थानमा इङग्ल्यान्ड छ भने दोस्रोमा भारत तथा तेस्रो स्थानमा न्युजिल्यान्ड छ । त्यसैगरी चौथो स्थानमा पाकिस्तान छ भने पाँचौँ स्थानमा अष्ट्रेलिया छ ।

यस्तै नेपालले एक दिवसीय वरियतामा समेत सुधार गरेको छ । एकदिवसीय वरियतामा नेपाल १६औँ स्थानमा छ । यसअघि नेपाल १७औँ स्थानमा रहेको थियो । एक दिवसीयको नयाँ वरियतामा न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो तथा भारत तेस्रो स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका