बैतडी, २१ वैशाख (०७८) । बैतडीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका वडा नं ६ का ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिम्मत भण्डारी, ४० वर्षीय दीपक भण्डारी र जिप चालक तेजबहादुर बोहरा छन् । जिप चालक बोहराको उपचारको लागि अस्पताल ल्याउँदैै गर्दा मुत्यु […]
"/> शव बोकेको जिप दुर्घटना, पाँच जनाको मृत्यु, पाँच घाइते - Line Khabar
Line Khabar
शनिबार, भदौ २९, २०८१ | September 14, 2024
  • होमपेज
  • शव बोकेको जिप दुर्घटना, पाँच जनाको मृत्यु, पाँच घाइते

शव बोकेको जिप दुर्घटना, पाँच जनाको मृत्यु, पाँच घाइते

शव बोकेको जिप दुर्घटना, पाँच जनाको मृत्यु, पाँच घाइते

बैतडी, २१ वैशाख (०७८) । बैतडीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका वडा नं ६ का ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिम्मत भण्डारी, ४० वर्षीय दीपक भण्डारी र जिप चालक तेजबहादुर बोहरा छन् ।

जिप चालक बोहराको उपचारको लागि अस्पताल ल्याउँदैै गर्दा मुत्यु भएको हो भने अन्य चार जनाको घटनास्थलमै मृत्यु भएको घटनास्थलमा खटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । उनीहरूलाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ ।

पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव बोकेर जिल्ला अस्पताल आउँदै गरेको से १ ज १८३ नं को जिप आज दिउँसो पौने ३ बजे पञ्चेश्वर गाउँपालिका ६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिक जिप दुर्घटना भएको हो । सोमबार राति चट्याङ लागेर मृत्यु भएका वडा सदस्य भण्डारीको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको उक्त जिप दुर्घटनामा परेको हो ।

जिपमा मृतक वडा सदस्यको शवसहित ११ जना रहेका थिए । जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको जनाइएको छ । साँघुरो घुम्तीमा मोड्नेक्रममा ब्याक गर्दा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका