Line Khabar
सोमवार, अशोज २७, २०८२ | October 13, 2025
  • होमपेज
  • हिमालयन र इन्भेष्टमेण्ट बैंकबीच ‘मर्जर’ सम्झौता, चुक्ता पुँजीको आधारमा नेपालकै ठूलो बैंक

हिमालयन र इन्भेष्टमेण्ट बैंकबीच ‘मर्जर’ सम्झौता, चुक्ता पुँजीको आधारमा नेपालकै ठूलो बैंक

हिमालयन र इन्भेष्टमेण्ट बैंकबीच ‘मर्जर’ सम्झौता, चुक्ता पुँजीको आधारमा नेपालकै ठूलो बैंक

काठमाडौँ, ३० वैशाख (०७८) । नेपाल राष्ट्र बैंकको विलय तथा प्राप्ति (मर्जर एण्ड एक्वीजिसन) नीतिअनुसार नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच एकआपसमा गाभ्ने गाभिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै देशका यी ठूला वाणिज्य बैंक एकापसमा गभिने भएका छन् ।

नेपालको वित्तीय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ उक्त समझदारीपत्रमा नेपाल इन्भेष्टमेण्ट बैंकका तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा हिमालयन बैंकका तर्फबाट अध्यक्ष तुलसीप्रसाद गौतमले आज राजधानीमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गर्नुभयो ।

दुवै बैंक एकाकार भएपछि बैंकको नाम “हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि” हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रूपमा अशोक शमशेर राणा रहने सहमति भएको छ । त्यसैगरी गाभिएपछि गठन हुने बैंकको सञ्चालक समितिमा दुवै बैंकको तर्फबाट ३/३ जना सञ्चालक नियुक्त हुने तथा नयॉ सञ्चालक समितिले एकजना स्वतन्त्र सञ्चालकको नियुक्ति गरी जम्मा ७ जनाको सञ्चालक समिति हुनेछ ।

कार्यक्रममा दिइएको जानकारीअनुसार हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी रु. १६.२६ अर्ब तथा हिमालयन बैंकको चुक्ता पूँजी रु. १०.६८ अर्ब रहेकोमा दुवै बैंक एक भएपछि बैंकको चुक्ता पूँजी रु. २६.९४ अर्ब हुनेछ । दुई बैंक मर्जरपछि बन्ने हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक चुक्ता पुँजीको आधारमा नेपालकै ठूलो बैंक बन्ने हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका