Line Khabar
मङ्लबार, भदौ ३१, २०८२ | September 16, 2025
  • होमपेज
  • चितवनमा १६ गते रातिदेखि ३१ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय

चितवनमा १६ गते रातिदेखि ३१ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय

चितवनमा १६ गते रातिदेखि ३१ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय

चितवन, १५ वैशाख (०७८) । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएपछि चितवनमा निषेधाज्ञा गर्ने निर्णय गरिएको छ । आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति (डिसीएमसी) चितवनको बैठकले बैैशाख १६ गते बिहीबार रातिदेखि १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । भोली बिहीबार राति १२ बजेदेखि ३१ गते राती १२ बजेसम्मका लागि यो निर्णय लागु हुनेछ ।

चितवनमा कोरोना संक्रमितको संख्या ५ सय नाघेपछि निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी) चितवनका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो ।

चितवनमा आजसम्म कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५ सय ८५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ३४ जना कोरोना संक्रमित थपिएसंगै कुल सक्रिय संक्रमितको संख्या ५ सय ८५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमित मध्ये भरतपुर महानगरपालिकाका मात्रै १ सय ३ जना रहेका छन् । यस्तै रत्ननगर नगरपालिकाका २० जना, खैरहनी नगरपालिकाका ६ जना, माडी नगरपालिका २ जना, राप्ती, कालिका र इच्छाकामनाका एक्एक जना संक्रमित थपिएका छन् । काठमाडौंमा पनि बिहीबारदेखि निषेधाज्ञा लागु हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका