Line Khabar
सोमवार, अशोज २७, २०८२ | October 13, 2025
  • होमपेज
  • बैंकले पाँच प्रकारका सेवामात्र प्रवाह गर्ने, विद्युतीय कारोवार गर्न आग्रह
कोरोनाको प्रभाव

बैंकले पाँच प्रकारका सेवामात्र प्रवाह गर्ने, विद्युतीय कारोवार गर्न आग्रह

बैंकले पाँच प्रकारका सेवामात्र प्रवाह गर्ने, विद्युतीय कारोवार गर्न आग्रह

काठमाडौँ, ३० वैशाख (०७८) । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण तीब्र रुपमा फैलिएपछि जोखिम न्यूनिकरणका लागि न्यून कर्मचारी राखेर सेवा सञ्चालन गर्दै आएका बैंकहरूले अब निश्चित सेवा मात्र प्रवाह गर्ने भएका छन् ।

नेपाल बैंकर्स सङ्घको आज बसेको बैठकले निश्चित शाखाबाट सम्पूर्ण सेवा प्रवाह हुँदा कोरोना भाइरसको जोखिम बढेको भन्दै शुक्रबारदेखि विभिन्न पाँच प्रकारका सेवा मात्र प्रवाह गर्ने निर्णय गरेको हो । सङ्घले सबै बैंकलाई खाताबाट नगद झिक्ने, खातामा रु ५० हजारभन्दा बढी रकम जम्मा गर्ने, रकम स्थानान्तरण (चेक, कनेक्ट आईपीएस, आरटी जीएस) विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार गर्न निर्देशन दिएको छ ।

न्यूनतम रु ५० हजारभन्दा कम जम्मा (डिपोजिट) नगर्ने निर्णय भएको सङ्घका अध्यक्ष भुवन दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार बैंकबाट पटक/पटक हुने कारोबारलाई निरुत्साहित गर्द नेपाल राष्ट्र बैंकको अनुमतिमा उक्त निर्णय गरिएको हो । सङ्घले सरकारले अत्यावश्येक सेवा बाहेक घरबाट बाहिर ननिस्कन गरेको आग्रहको पालना गर्दै डिजिटल बैंकिङ कारोबारको प्रयोग गर्न आग्रह गरेको छ । बैंकले निश्चित सेवा प्रवाह गर्ने भएपछि अब कर्जा सेवा, नयाँ खाता खोल्ने लगायतका कामहरू रोकिने भएका छन् ।

त्यसैगरि, संघले कोरोनाको कहरबीच सुरक्षित तरिकाले विद्युतीय कारोवार गर्न नागरिकलाई आग्रह गरेको छ । संघको आजको बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “ डिजिटल बैंकिङ प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यक परेको खण्डमा सम्बन्धित बैंकमा फोन वा इमेलमार्फत सम्पर्क गर्न सकिने छ ।”

बैंकका सबै एटिएम खुला रहनाका साथै बैंकका कल सेन्टरसमेत कार्यालय समयभर उपलब्ध हुने जानकारी गराइएको छ । ग्राहकको स्वास्थ्यलाई ध्यानमा राख्दै शाखामा भीडभाड नगर्न तथा जोखिम कम गर्न निषेधाज्ञा अवधिभरका लागि बैंकका शाखामार्फत केही सेवा भने निरन्तर रहने संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका