काठमाडौँ, २ जेठ (०७८) । सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको आजको भेटवार्ताबाट पार्टीको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा अध्यक्ष ओलीका तर्फबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ भने नेता […]
"/> एमालेमा विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन - Line Khabar
Line Khabar
बिहिबार, अशोज ३, २०८१ | September 19, 2024
  • होमपेज
  • एमालेमा विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन

एमालेमा विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन

छलफल ‘सकारात्मक’: अध्यक्ष ओली

एमालेमा विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन

काठमाडौँ, २ जेठ (०७८) । सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको आजको भेटवार्ताबाट पार्टीको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदलमा अध्यक्ष ओलीका तर्फबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ भने नेता नेपालका पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहनुभएको नेता नेपालले जानकारी दिनुभयो । उहाँले कार्यदललाई तीन दिनको समय दिइएको र आवश्यकतानुसार समय थप्न सकिने बताउनुभयो ।

भेटवार्तापछि पत्रकारहरुसँग अध्यक्ष ओलीले छलफल ‘सकारात्मक’ भएको बताउनुभयो ।

पार्टीलाई सर्वोच्च अदालतको गत फागुन २३ को फैसला बमोजिम नेकपा (माओवादी केन्द्र) सँगको एकतापूर्व (२०७५ जेठ ३) को अवस्थामा पार्टीका सङ्गठन र संरचनालाई सञ्चालन गर्नुपर्ने आवाज नेता नेपाल पक्षले उठाउँदै आएको छ । सो विषयमा शीर्ष नेता र दोस्रो तहका नेताबीच पछिल्ला दिनमा छलफल हुन थालेपछि पार्टीमा विभाजनको खतरा टरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका