काठमाडौँ, १२ साउन ०७९ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सङ्घीय संसद्को निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । पार्टी सम्वद्ध प्रेस सेन्टर नेपालका पदाधिकारीसँग आज आफ्नै निवास खुमलटारमा भएको छलफलमा अध्यक्ष दाहालले सङ्घीय निर्वाचनको तयारी भइरहेको र एकाध दिनमै मिति घोषणा हुने बताउनुभएको हो । […]
"/> संसद्को निर्वाचन केही दिनमै घोषणा हुन्छ : अध्यक्ष दाहाल - Line Khabar
Line Khabar
बिहिबार, अशोज ३, २०८१ | September 19, 2024
  • होमपेज
  • संसद्को निर्वाचन केही दिनमै घोषणा हुन्छ : अध्यक्ष दाहाल

संसद्को निर्वाचन केही दिनमै घोषणा हुन्छ : अध्यक्ष दाहाल

'गठबन्धनभन्दा दायाँबायाँ हुँदैन'

संसद्को निर्वाचन केही दिनमै घोषणा हुन्छ : अध्यक्ष दाहाल

काठमाडौँ, १२ साउन ०७९ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सङ्घीय संसद्को निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ ।

पार्टी सम्वद्ध प्रेस सेन्टर नेपालका पदाधिकारीसँग आज आफ्नै निवास खुमलटारमा भएको छलफलमा अध्यक्ष दाहालले सङ्घीय निर्वाचनको तयारी भइरहेको र एकाध दिनमै मिति घोषणा हुने बताउनुभएको हो । अध्यक्ष दाहालले भन्नुभयो, “प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा गर्ने कुरा गर्नुभएको छ । मैले सङ्घीय संसद्मा विचाराधिन केही विधेयकलाई टुङ्गो लगाएर मात्रै घोषणा गरौँ भनेर आग्रह गरेको छु ।”

उहाँले वर्तमान गठबन्धनलाई निर्वाचनसम्म लैजाने र त्यसमा कुनै पनि दायाँबायाँ नहुने जानकारी दिनुभयो । उहाँले गठबन्धनलाई कायम राखेर विचार मिल्ने पार्टी र शक्तिसँग पनि मिलेर अगाडि बढ्ने स्पष्ट पार्नुभयो । उहाँले आफूले पार्टीका नेताहरुलाई पनि गठबन्धनभन्दा दायाँबायाँ नहुने बताइसकेको र त्यसमा कुनै तलमाथि नहुने स्पष्ट पारेको बताउनुभएको थियो । उहाँले परिवर्तनका सबै एजेण्डाको कार्यान्वयनका लागि पनि माओवादीले निर्वाचन जित्नै पर्ने धारणा राख्नुभएको थियो ।

“माओवादी कमजोर हुँदा परिवर्तनका एजेण्डा समस्यामा पर्न थालेका छन् । देश, जनता र परिवर्तनको एजेण्डालाई मूर्त रुप प्रदान गर्न पनि माओवादीले जित्नै पर्छ”, उहाँले भन्नुभयो । उहाँले पार्टी स्थायी समितिको जारी बैठकबाटै पदाधिकारी चयन गरिने बताउनुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका