Line Khabar
सोमवार, अशोज २७, २०८२ | October 13, 2025
  • होमपेज
  • जनार्दन शर्माको कल डिटेलसमेत हेर्न नदिएको भन्दै ओलीको आक्रोश

जनार्दन शर्माको कल डिटेलसमेत हेर्न नदिएको भन्दै ओलीको आक्रोश

जनार्दन शर्माको कल डिटेलसमेत हेर्न नदिएको भन्दै ओलीको आक्रोश

काठमाडौँ, १५ साउन ०७९ । प्रमुख प्रतिपक्षि दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको छानवीनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेलसमेत हेर्न नदिएको भन्दै आक्रोश व्यक्त गर्नु भएको छ । अध्यक्ष ओलीले समिति भित्रै रहेका सत्तारुढ दलका सांसदहरुले नै सो समितिलाई कल डिटेल हेर्न नदिएको जिकीर समेत गर्नुभयो ।

साउन १५ (खीर खाने दिन)को अवसर पारेर पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उहाँले तत्कालीन अर्थमन्त्री शर्माको तथ्य बाहिर आउँछ भनेर अर्थ मन्त्रालयको सिसीटिभी फुटेजनै गायव गरिएको दावी समेत गर्नुभयो । ओलीले हाम्रा चाडपर्वहरुले सामाजिक सुसम्बन्धलाई बलियो बनाएको धारणा राख्नुभयो ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौंथाईवालेलाई जनैपूर्णिमाको दिन राखी बानिदिएकोतर्फ संकेत गर्दै त्यसमा पनि राजनीति भईरहेको बताउनु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘अहिले सिसिटिभी राख्दा त फुटेज गायव । आजकालको जमानामा कल डिटेल हुन्छ । तर, हेर्न नपाईने । कल डिटेल हेर्न चाँही पाईदैन, लजा । अब ऊ बेला त न कल डिटेल, न फुटेज । न मोबाईल, न क्यामेरा, न फोटो । ऊ बेला चोरी पत्ता लगाउनु पर्यो भने तामा–तुलसी राखेर कसम खाने चलन थियो । थाहा पाउनु भयो होला–इन्टरनेशनल राखी पनि सुरु भईसक्यो । राखीमा राजनीति पनि भईसक्यो । जेहोस् राखीले दाजुभाई–दिदीबहिनीको सम्बन्ध, दशैंले सम्पूर्ण नातागोताको सम्बन्ध । छठजस्ता चाडहरु, तीजजस्ता चाडहरु, गौराजस्ता पर्वहरु यस्ता पर्वहरुले अनेक ढंगले हामीलाई एक ठाउँमा ल्याउँछ फेरी ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका