काठमाडौँ, ७ असोज ०७९ । सर्वोच्च अदालतमा ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९’ को प्रमाणीकरण सम्बन्धमा परेको रिटको पेसी पर्सि आइतबारलाई सरेको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले आजलाई तोकिएको पेसी समय अभावका कारणले हेर्न नभ्याइएपछि आइतबारलाई सारिएको जानकारी दिनुभयो । “आज धेरै मुद्दा भएको हुनाले रिटको सुनुवाइ हुन सकेन”, […]
"/> नागरिकता विधेयकसम्बन्धी रिटको सुनुवाइ आइतबार - Line Khabar
Line Khabar
शनिबार, भदौ २९, २०८१ | September 14, 2024
  • होमपेज
  • नागरिकता विधेयकसम्बन्धी रिटको सुनुवाइ आइतबार

नागरिकता विधेयकसम्बन्धी रिटको सुनुवाइ आइतबार

नागरिकता विधेयकसम्बन्धी रिटको सुनुवाइ आइतबार

काठमाडौँ, ७ असोज ०७९ । सर्वोच्च अदालतमा ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९’ को प्रमाणीकरण सम्बन्धमा परेको रिटको पेसी पर्सि आइतबारलाई सरेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले आजलाई तोकिएको पेसी समय अभावका कारणले हेर्न नभ्याइएपछि आइतबारलाई सारिएको जानकारी दिनुभयो । “आज धेरै मुद्दा भएको हुनाले रिटको सुनुवाइ हुन सकेन”, उहाँले भन्नुभयोे, “अब पर्सि (आइतबार) रिटमाथिको सुनुवाइ हुनेछ ।”

रिटको पेसी आज न्यायधीश डा मनोजकुमार शर्माको एकल इजलासमा परेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेपछि राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई प्रमाणीकरणको माग गर्दै रिट दायर गरिएको हो ।

प्रवक्ता पौडेलका अनुसार नागरिकता विधेयक प्रमाणीकरणका लागि पाँच वटा रिट परेका छन् । रिटमा सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)ले दोस्रो पटक पारित गरेको नागरिकता विधेयकलाई राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि नगरेर संविधानको उल्लङ्घन भएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका