Line Khabar
सोमवार, अशोज २७, २०८२ | October 13, 2025
  • होमपेज
  • मन्त्री पदबाट लामिछानेले दिए राजिनामा, चितवन–२ मा उपनिर्वाचन हुने

मन्त्री पदबाट लामिछानेले दिए राजिनामा, चितवन–२ मा उपनिर्वाचन हुने

मन्त्री पदबाट लामिछानेले दिए राजिनामा, चितवन–२ मा उपनिर्वाचन हुने

काठमाडौँ, १३ माघ ०७९ । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्धामा गरेको फैसलाले सांसद पद खारेज भएसँगै उहाँले मन्त्री पदबाट राजिनामा दिनुभएको छ ।

लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलका अनुसार उहाँले प्रधानमन्त्री पुष्पकमल ‘दाहाल’, प्रचण्डसमक्ष राजिनामा पेश गर्नुभएको हो । गृह मन्त्रालयबाट निस्किने क्रममा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले आफूले सर्वोच्चको फैसला मान्ने बताउनुभयो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नेपाली नागरिकता प्राप्ति र अमेरिकी राहदानीका सम्बन्धमा परेको रिटमाथि आज सुनुवाइ गर्दै सांसद पद खारेज गरेको थियो । लामिछाने चितवन निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । फैसलासँगै सो क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका