काठमाडौँ, ३१ वैशाख (०७८) । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभामा ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, […]
"/> प्रधानमन्त्री ओली र नयाँ मन्त्रीबाट शपथ ग्रहण - Line Khabar
Line Khabar
बुधबार, भदौ २६, २०८१ | September 11, 2024
  • होमपेज
  • प्रधानमन्त्री ओली र नयाँ मन्त्रीबाट शपथ ग्रहण

प्रधानमन्त्री ओली र नयाँ मन्त्रीबाट शपथ ग्रहण

प्रधानमन्त्री ओली र नयाँ मन्त्रीबाट शपथ ग्रहण

काठमाडौँ, ३१ वैशाख (०७८) । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभामा ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अंगका प्रमुखलगायत सहभागी हुनुभएको थियो ।

राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दावी पेश गर्न यही वैशाख २७ गते तीन दिनको समयसीमा तोकेर आह्वान गरिए पनि समयावधिमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दल असफल भएका थिए । प्रधानमन्त्री ओली तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

साथै सोही अवसरमा नवनियुक्त उपप्रधानमन्त्री इश्वर पोखरेल, मन्त्री तथा राज्यमन्त्रीहरूले पनि शपथ लिनुभएको छ । नवनियुक्त मन्त्रीहरूको यस अघिकै जिम्मेवारी तोकिएको छ । यसअघि मन्त्रिमण्डलमा हेरफेर हुने भनिएको भए पनि हाललाई साविककै मन्त्रीहरू रहनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका