काठमाडौँ, ८ जेठ (०७८) । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचन गर्ने गरी मिति तोक्नुभएको छ । नेपालको संविधानको धारा ७६ को उपधारा ७ बमोजिम मन्त्रिपरिषद्को गए राति अबेर बसेको बैठकबाट निर्णय भएबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर […]
"/> प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मङ्सिर ३ मा निर्वाचन घोषणा - Line Khabar
Line Khabar
बिहिबार, अशोज ३, २०८१ | September 19, 2024
  • होमपेज
  • प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मङ्सिर ३ मा निर्वाचन घोषणा

प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मङ्सिर ३ मा निर्वाचन घोषणा

प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मङ्सिर ३ मा निर्वाचन घोषणा

काठमाडौँ, ८ जेठ (०७८) । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचन गर्ने गरी मिति तोक्नुभएको छ ।

नेपालको संविधानको धारा ७६ को उपधारा ७ बमोजिम मन्त्रिपरिषद्को गए राति अबेर बसेको बैठकबाट निर्णय भएबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचन गर्न सिफारिस गर्नुभएको थियो ।

पहिलो र दोस्रो चरणमा अर्को प्रतिनिधिसभा निर्वाचन गर्ने गरी सो मिति तोकिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेबाट गएराति जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि दिनुभएको समयमा परेका दुवै दावी खारेज गर्नुभएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका