काठमाडौँ, १० जेठ (०७८) । साहित्यकार डा वानिरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पुर्याइएको आधा घण्टामा नै उहाँको निधन भएको थियो । उहाँ मधुमेह र अल्जाइमर रोगबाट पनि पीडित हुनुहुुन्थ्यो । त्रिमूर्ति निकेतनको आयोजनामा डा. गिरीलाई २०७१ सालमा प्रधानमन्त्री सुशील कोइरालाद्वारा रथारोहण गराइनाका साथै रु पाँच लाख […]
"/> साहित्यकार डा. वानिरा गिरीको निधन - Line Khabar
Line Khabar
बिहिबार, भदौ २७, २०८१ | September 12, 2024
  • होमपेज
  • साहित्यकार डा. वानिरा गिरीको निधन

साहित्यकार डा. वानिरा गिरीको निधन

साहित्यकार डा. वानिरा गिरीको निधन

काठमाडौँ, १० जेठ (०७८) । साहित्यकार डा वानिरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पुर्याइएको आधा घण्टामा नै उहाँको निधन भएको थियो । उहाँ मधुमेह र अल्जाइमर रोगबाट पनि पीडित हुनुहुुन्थ्यो ।

त्रिमूर्ति निकेतनको आयोजनामा डा. गिरीलाई २०७१ सालमा प्रधानमन्त्री सुशील कोइरालाद्वारा रथारोहण गराइनाका साथै रु पाँच लाख राशिसहित ‘नेपाली साहित्यका विश्व नारीरत्न’को उपाधि दिइएको थियो । विसं २०७६ मा वानिरा फाउण्डेशनको स्थापना भएको थियो । सो फाउण्डेशनको पूँजी करीब रु सात करोड बराबर रहेको संस्थाका सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिनुभयो ।

गिरीको जन्म २००२ साल चैत २९ गते दार्जिलिङको खर्साङमा भएको थियो । उहाँ विसं २०२२ मा स्नातकोत्तर अध्ययन गर्न काठमाडौँ आउनुभएको थियो । उहाँ २०२५ सालदेखि पद्मकन्या कलेजमा प्राध्यापन पेशामा आबद्ध हुनुभयो । नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने (गोपालप्रसाद रिमालको काव्यसम्बन्धी २०४२) उहाँ पहिलो नारी हुनुहुन्थ्यो ।

डा गिरीका जीवन थाय्मरु, शब्दातीत शान्तनु, कारागार जस्ता कविता, निबन्ध र उपन्यास गरेर १४ कृति प्रकाशित छन् । उहाँका कृति विश्वका विविध भाषामा अनुवाद भएका छन् । नरेन्द्रराज प्रसाइँद्वारा डा वानिरा गिरिको जीवनीकृति ‘विश्व नारीरत्न वानिरा गिरी’ प्रकाशन भयो भने सोको अङ्ग्रेजी भाषामा दुर्गा वनवासीले अनुवाद गर्नुभएको छ ।

सन् १९७६ मा रुसमा सम्पन्न अफ्रोएसियाली युवा लेखक सम्मेलनमा डा गिरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो । डा गिरीका पति, एक छोरा र एक छोरी हुनुुहुन्छ । फाउण्डेशनले गिरीजस्तो विशिष्ट प्रतिभाको असामयिक निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका