काठमाडौं । नेकपा (एमाले)ले पार्टी स्थापना दिवसको अवसर पारेर शुक्रबार स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । नयाँ पार्टी कार्यालय तुल्सीलाल स्मृति भवन च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्नुभएको हो । नेकपा एमालेले तयार गरेको घोषणापत्रले सुशासन, विकास र समृद्धि समाजवादको आधारलाई प्राथमिकतामा राखेको छ । घोषणा पत्रमा अघिल्लो स्थानीय […]
"/> नेकपा (एमाले)को निर्वाचन घोषणापत्र सार्वजनिक - Line Khabar
Line Khabar
बिहिबार, भदौ २७, २०८१ | September 12, 2024
  • होमपेज
  • नेकपा (एमाले)को निर्वाचन घोषणापत्र सार्वजनिक

नेकपा (एमाले)को निर्वाचन घोषणापत्र सार्वजनिक

नेकपा (एमाले)को निर्वाचन घोषणापत्र सार्वजनिक

काठमाडौं । नेकपा (एमाले)ले पार्टी स्थापना दिवसको अवसर पारेर शुक्रबार स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । नयाँ पार्टी कार्यालय तुल्सीलाल स्मृति भवन च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

नेकपा एमालेले तयार गरेको घोषणापत्रले सुशासन, विकास र समृद्धि समाजवादको आधारलाई प्राथमिकतामा राखेको छ । घोषणा पत्रमा अघिल्लो स्थानीय निर्वाचनदेखि हालसम्मको राजनीतिक विष्लेषण गरिएको छ ।

घोषणा पत्रमा माओवादीसँगको एकता र भंग हुनुका कारण केलाउनुको साथै अबको कार्यदिशा पनि तय गरिएको छ । दोस्रो खण्डमा केपी शर्मा ओलीको सरकारले सुरु गरेको र सम्पन्न गरेका विकास र समृद्धिका विभिन्न आयोजनाहरुको संक्षिप्त विवरण उल्लेख गरिएको छ ।

तेस्रो खण्डमा उमालेले जितेका स्थानीय तहहरुले गरेका राम्रा कामहरुकोे बुँदागत रुपमा चर्चा गरिएको छ । अन्तिम खण्डमा आगामी कार्यकालमा गरिने कामका प्रतिवद्धताहरु २२ वटा बुँदामा समेटिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका