काठमाडौँ, ७ असोज ०७९ । बरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीद्वारा लिखित ‘तुषानल’ कृति सार्वजनिक भएको छ । पैरवी बुक्स प्रकाशन प्रालिद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका पूर्वगर्भनर डा तिलक रावल, संविधानविद् डा भीमार्जुन आचार्य र सामाजिक अभियान्ता एवं लेखिका सरु जोशीले संयुक्तरुपमा पुस्तक सार्वजनिक गर्नुभएको हो । तुषानल अर्थात् भुसको आगोको नाममा प्रकासन भएको […]
"/> बरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीको ‘तुषानल’ सार्वजनिक - Line Khabar
Line Khabar
मङ्लबार, भदौ १८, २०८१ | September 3, 2024
  • होमपेज
  • बरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीको ‘तुषानल’ सार्वजनिक

बरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीको ‘तुषानल’ सार्वजनिक

बरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीको ‘तुषानल’ सार्वजनिक

काठमाडौँ, ७ असोज ०७९ । बरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीद्वारा लिखित ‘तुषानल’ कृति सार्वजनिक भएको छ । पैरवी बुक्स प्रकाशन प्रालिद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका पूर्वगर्भनर डा तिलक रावल, संविधानविद् डा भीमार्जुन आचार्य र सामाजिक अभियान्ता एवं लेखिका सरु जोशीले संयुक्तरुपमा पुस्तक सार्वजनिक गर्नुभएको हो ।

तुषानल अर्थात् भुसको आगोको नाममा प्रकासन भएको पुस्तकमा मुलुकमा बहुदलीय प्रजातन्त्र स्थापना भएपछिको सत्ता राजनीति, नेताको भूमिका, देशको अवस्थालगायत विषयवस्तु समेटिएको छ ।

कार्यक्रममा पूर्वगर्भनर डा रावल, संविधानविद् डा आचार्य, लेखिका जोशी र राजनीतिक विष्लेषक प्रा. पुरुषोत्तम दाहालले बहुदलीय प्रजातन्त्र स्थापनापछि देशमा भएका राजनीतिक घटनाक्रमलाई पुस्तकमा समेटिएको उल्लेख गर्दै लेख र बोलीमार्फत गरिने स्वस्थ आलोचनाले लोकतन्त्रलाई मज्बुत तुल्याउने धाराणा व्यक्त गर्नुभयो ।

कृतिकार त्रिपाठीले एक पत्रकारका हैसियतले आफूले देखेको, भोगेको र बुझेको विषयवस्तुलाई पुस्तकमार्फत पाठकसामु प्रस्तुत गरेको जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका