अर्थशास्त्री भन्छन् : अर्थतन्त्र समस्यामा छ, तत्काल सुधारको काम थालौँ
काठमाडौँ, २ पुस ०७८ । कोरोना कहरबाट प्रभावित भएको अर्थतन्त्र राम्ररी तङ्गिन नपाउँदै पुनःसमस्यामा परेको भन्दै अर्थविद्ले तत्काल समस्याको समाधानका लागि पहल थाल्न सुझाव दिएका छन् । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएको, पूँजीगत खर्च हुन नसकेको तथा शोधान्तर घाटा बढेकोजस्ता तथ्य पेश गर्दै उनीहरुले गम्भीर दुर्घटना हुनु अगावै निरोधात्मक उपायको अवलम्बन गर्न आग्रह […]